८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ अभियानका साथ जनतामा जान्छौं : रामचन्द्र पौडेल

नेपालगन्ज- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ अभियान लिएर जनताको बीचमा जाने बताएका छन्। विगतका कमजोरीलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले जनता समक्ष पुर्‍याउने अभियान कांग्रेसले सञ्चालन गर्ने उनको भनाई छ। कांग्रेस बाँकेका अगुवा नेता, कार्यकर्तालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो, पार्टीका साथीहरुले मेहेनत गर्नुपर्‍यो, जनताको स्वार्थसँग आफुलाई गाँस्नुपर्‍यो, पार्टीभित्र पनि न्यायनिसाप हुनुपर्‍यो र अनुशासन हुनुपर्यो।’

  नेपाली कांग्रेसको सुदृढीकरण अभियानको सुरुवात आफुले मुलुककै विकट कर्णाली प्रदेशबाट सुरु गरेको पौडेलले जानकारी दिए। अभियानकै क्रममा कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु पुगेर फर्किएको उनले बताए । ‘कर्णालीतिर काँग्रेसको पक्षमा लहर आएको छ, साथीहरुमा उत्साह पलाएको छ,’ पौडेलले भने ।      कुनैपनि पार्टीको सिद्धान्त र संगठन गरेर दुई वटा पक्ष हुने बताउँदै सिद्धान्त अनुसार नेपाली कांगे्रेसले जितेको जिकिर गरे । ‘हाम्रो पार्टीको सिद्धान्त अनुसारको देशमा संबिधान बनेको छ, संसदिय प्रणाली भनेर संविधानमा लेखिएको छ, प्रजातन्त्रको मुल्य र मान्यतामा आधारित समाजवाद भनेर लेखिएको छ,’ वरिष्ठ नेता पौडेलले भने ‘सिद्धान्त अनुसार हाम्रो जित भएको छ, तर हामीले किन चुनावमा हार बेहोर्‍यौं ?’

     कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेसले चुनाव हारेको नभई आफ्नै भित्रको कमी, कमजोरीले हार्नु परेको उनको जिकिर छ । पौडेलले थपे, ‘सरकार सञ्चालन, पार्टी सञ्चालन र टिकट वितरण गर्दा हामीले के गर्यौ, यो सम्पूर्ण कुराको समिक्षा पार्टीभित्र साँच्चिकै हुन सक्यो भने बल्ल पार्टीले किन हा¥यो भन्ने कुरा छर्लङ्ग हुन्छ, त्यसकारण आज नेपाली कांग्रेस त्यसै हारेको छैन, हाम्रो धेरै कमजोरीबाट हारेका हौं, कयौं कुराको जवाफ सडकमा उभिएर दिन सकेनौं, विपक्षीले हामीमाथी लगाएको आरोपको पनि प्रतिवाद गर्न सकेनौं।’

प्रकाशित: ५ जेष्ठ २०७५ १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App