७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तस्बिरमा राजकुमार ह्यारी र मार्कलको बिवाह

विन्डसोर- बेलायतका राजकुमार ह्यारी र मेगन मार्कल दामपत्य जीवनमा बाँधिएका छन्। राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा आयोजना गरिएको समारोहमा उनीहरुले कसम खाँदै औंठी साटे।

राजकुमार ह्यरीलाई महारानी एलिजाबेथले ड्युक अफ ससेक्सका उपाधि दिएकी छन्। बिवाहपछि मार्कल डचेज अफ ससेक्स बनेकी छन्।

विवाह समारोहमा एक लाख निम्तालु सहभागी भएको अनुमान गरिएको छ। तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए। राजगद्दीको उत्तराधिकारीको छैठौं रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेका थिए। अमेरिकी टेलिभिजनको टेलि श्रृखंलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न छन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App