coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

यार्सा टिप्ने समय जेठ १५ बाट, सुनसान बन्दै गाउँ

रुकुम (पूर्व) – बहुमुल्य जडबुटी यार्साका लागि यस वर्ष जेठको दोस्रो साताको अन्तिममा बुकी खुला गरिने भएको छ। गत वर्ष जेठको पहिला सातानै बुकी खुला गरिए पनि यस वर्ष मौसम प्रतिकुलका कारण जेठ १५ गतेबाट यार्सा टिप्न सुरु गरिने यार्सा सिजन व्यवस्थापन समितिले जानकारी दिएको छ।

११ देखी १३ गते सम्म टिकट बिक्री गर्ने यहाँका कर्मसिंह घर्तीले जानकारी दिए। उनका अनुसार १४ गते बुकी प्रवेश र १५ गतेबाट यार्सा टिप्न सुरु गरिने छ। टिकटका लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको यार्सा सिजन व्यवस्थापन समितिका अध्यक्ष अमरजंग पुनले जानकारी दिए। उनका अनुसार यहाँ होटल तथा पसलका लागि पनि शुल्क निर्धारण गरिएको छ। होटल तथा पसलका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै व्यापारिका लागि दुई खालका मुल्य निर्धारण गरिएको छ। स्थानीय व्यापारीहरूलाई १५ हजार र बाह्य व्यापारीहरूलाई ३० हजार रुपैयाँ निर्धारण गरेको अध्यक्ष पुनले जानकारी दिए।

यस वर्ष बाह्य क्षेत्रबाट तीन हजार भन्दा बढि सर्वसाधारणहरू यार्सा संकलनका लागि यहाँ पुग्ने अनुमान गरिएको घर्तीले जानकारी दिए। साथै बहुमुल्य यार्सा टिप्न स्थानीयहरू पाटन गएपछि यहाँका गाउँ बस्तीहरू सुनसान बनेका छन्। बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीबाहेक अधिकांश यार्सा टिप्न जाने गर्दछन्। पुथा उरगंगाका वासिन्दाहरू धेरै जाने गर्छन्। त्यस्तै भुमे र सिस्ने गाउँपालिका लगाएत, छिमेकी जिल्ला रुकुम (पश्चिम), रोल्पा, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट सर्वसाधारणहरू यहाँ यार्सा टिपन आउने गर्छन्।

पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १ र २ का  अरबिजा, पुर्वाङ, पुपाल, फूलबारी लगाएतका क्षेत्र यार्सा पाइन्छ। यहाँका वासिन्दाहरूको मुख्य आयस्रोतकारुपमा यार्सालाई लिइन्छ। यो समयमा ४० हजार देखी ३ लाख सम्म आम्दानी गर्ने स्थानीय बहादुर बिकले जानकारी दिए। घरबाट दुई तीन जना समेत जाने गरेका छन्।
केही महिलाहरू बच्चा सहित यार्सा टिप्न जाने गरेको बिकले जनाए। यस समयमा यहाँका विद्यालयहरु समेत बन्द हुने गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७५ १०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App