coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोपोन्मुख अजिङ्गर फेला

कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ।

चितौरा खोला नजिकको बाँसघारीमा फेला परेको अजिङ्गर पाँच फिटभन्दा बढी लम्बाइको रहेको छ। वयस्क अजिङ्गर देखा परेपछि स्थानीय बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अर्जुनीमा खबर गरेपछि निकुञ्जका कर्मचारीले सो अजिङ्गरको उद्धार गरेका छन्।

उद्धार गरएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको सेक्टर कार्यालय अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए। अजिङ्गर निकुञ्जबाट आहाराको खोजीमा सनबोरा नदी हुँदै त्यस क्षेत्रमा पुगेको हुनसक्ने अनुमान गरिएको छ।  (रासस)

प्रकाशित: ५ जेष्ठ २०७५ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App