७ वैशाख २०८१ शुक्रबार
समाज

वर्ष पुरस्कार २०७४ बाट जिसी सम्मानित

पाल्पा – पाल्पाली वर्ष व्यक्तित्व पुरस्कारबाट पूर्व जिल्ला विकास समितिका सभापति झपेन्द्रबहादुर जिसी सम्मानित भएका छन्। उनलाई नगद २५ हजार रुपैयाँ सहित दोसल्ला र सम्मान पत्रले कमलराज रेग्मी वर्ष पुरस्कार २०७४ बाट सम्मान गरिएको हो।

साहित्य तथा स्वास्थ्य प्रतिष्ठानले प्रा. डा. प्रकाशराज रेग्मीद्वारा स्थापित पुरस्कार जिसीलाई प्रदान गरेको हो। सोही अवसरमा व्यक्तित्व पहिचान पुरस्कार नेपाल रेडक्रस सोसाईटीका कार्यक्रम अधिकृत विनोद भारतीलाई प्रदान गरिएको छ। व्यक्तित्व पहिचान वापत उनलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ। प्रतिष्ठानले विमला कमल चार वर्षे शैक्षिक छात्रवृत्ति समेत १० विद्यार्थीहरुलाई प्रदान गरेको छ।

साहित्य, कला, समाजसेवा, राजनीति, शिक्षा तथा संस्कृति प्रवद्र्धनमा टेवा पु¥याएकोमा मूल्याङ्कन समितिको निर्णयानुसार जिसीलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीले बताए। उनले शिक्षा, स्वास्थ्य तथा साहित्यका क्षेत्रका व्यक्तित्वलाई निरन्तर सहयोग पुर्याउँदै जाने बताए।

प्रतिष्ठानका संरक्षक प्रा.डा. रेग्मीले आफ्ना बुबाको सम्झनामा परोपकारका लागि विभिन्न कोषहरु मार्फत् सहयोग पुर्याउँदै आएको बताए। नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव समेत रहेका डा. प्रकाशराज रेग्मीले नेपालमा क्यान्सर तथा अन्य रोगीहरु थपिँदै गईरहेको समेत बताए।

प्रकाशित: ५ जेष्ठ २०७५ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App