७ वैशाख २०८१ शुक्रबार
समाज

पतिले गरे पत्नीको हत्या

सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन्। गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो।

गोलेले सदैव मदिरा सेवन गरी झै–झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन्। शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ। शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ। रासस

प्रकाशित: ५ जेष्ठ २०७५ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App