८ वैशाख २०८१ शनिबार
समाज

६ वर्षपछि कञ्चनजंघा हिमालको आरोहण

ताप्लेजुङ – ६ वर्षपछि नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो शिखर कञ्चननजंघामा यो वर्ष ५ जनाले आरोहण गरेका छन्। ८ हजार ५ सय ८६ मिटर अग्लो यो शिखरको पूर्वी मोहोडाबाट आरोहण भएको छ। 

बुधबार साँझ संखुवासभा निवासी लाक्पा शेर्पा, सोलुखुम्वुका पेम्वा ग्याल्जेन शेर्पा र अष्ट्रेलियाका नागरिक क्रिश्चिन प्याट्रिसियन बुर्कले आरोहण गरेको एक्सपीडिसन वेसका द्धितिय निर्देशक लाक्पागेलु शेर्पाले जानकारी दिए। शुक्रबार अबेर नागरिकसंगको सम्पर्कमा उनले यस्तो बताएका छन्। आरोहणदलका सदस्यले कञ्चनजंघा आधार शिविर फर्किएपछि यो जानकारी दिएका हुन्।

ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा सञ्चार सेवा उपलब्ध छैन। सेभेन समिटका निर्देशक मिङमा शेर्पाले रसियन नागरिक सेर्गे र जर्मनका थर्वोले पनि एकसाथ आरोहण पूरा गरेको जानकारी दिए। आरोहणका लागि यसवर्ष ४५ जनाको टोलीले प्रयास जारी राखेको उनको भनाई रहेको छ। उनीहरूको आरोहण प्रयास पनि पूर्वी मोहोडामै रहेको मिङमाले जानकारी दिए। कञ्चनजंघा शिखरको दोस्रो क्याम्पलाई निकै कठिन मानिन्छ।

६ वर्षअघिको आरोहणका क्रममा यो क्याम्पबाट चिप्लिएर ५ जना आरोहीको ज्यान गएको थियो। त्यसयता कञ्चनजंघामा आरोहा शुन्य रहेकोमा यो वर्ष रेर्कड ब्रेक भएको छ। हिमालयन गाईड्स टे«क्स एण्ड एक्सपीडिसन प्रालि काठमाडौंका प्रबन्धक ईश्वरी पौडेलले कञ्चनजंघा हिमालको आरोहणको सुखद् खबरले नेपाली पर्यटन व्यवसाय क्षेत्रमा खुसी थपिएको जानकारी दिए। यद्यपी आरोहणका बारेमा सरकारी निकायले अहिले सम्म पुष्टी गरेको छैन। 

प्रकाशित: ५ जेष्ठ २०७५ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App