coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एकताको खुसी


अन्ततः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता हुने भएछ, हुने भएछ के, भयो नै भनौँ न । अब एकताका लागि गर्न बाँकी केही पनि रहेन । सबै कुरा भइसक्यो । तथापि केही शंकालुहरू के भन्छन् त भन्दा दुई पार्टीको एउटै केन्द्रीय कमिटी पनि बन्यो, एउटै पार्टी पनि बन्यो, एउटै विधान पनि बन्यो, निर्वाचन आयोगमा दर्ता पनि भयो । तर, एकता चाहिँ भएको छैन।

अब भित्री कुरा जे भए पनि बाहिरचाहिँ पार्टी एकताले गर्दा जनतामा ठूलो खुसी छाएको छ । जनतामा भन्दा पनि कार्यकर्तामा अझै खुसी छाएको छ । नेकपा (एमाले) का कार्यकर्ता पनि खुसी छन्, नेकपा (माओवादी केन्द्र) का कार्यकर्ता पनि खुसी छन् । बेखुसी कोही छन् भने तिनीहरू मात्रै छन्, जो यी दुवै पार्टीका कार्यकर्ता होइनन् ।
दुवै पार्टीका कार्यकर्ताहरू खुसी छन् । तर किन खुसी छन् त ? त्यसको पनि कुनै कारण त होला नि ।

पार्टी एकता हुँदैमा किन खुसी हुने ? दुःखी हुनेहरू पनि धेरै छन् । जस्तो कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हेर्नुस् । यो एकताबाट उहाँ अत्यन्त दुःखी हुनुहुन्छ । सम्भवतः सबैभन्दा दुःखी ।हिजो पार्टी एकताको तयारी सँगसँगै एमाले र माओवादी दुवै पार्टीका कार्यकर्ता हाँसीखुसी आइरहेको देखेँ । मैले सोधिहालेँ, ‘ओहो, आज त एमाले र माओवादी कार्यकर्ता सँगसँगै आइरहेको देखेँ । बहुत खुसी देख्दै छु ।’एमाले कार्यकर्ताले भने, ‘मलाई एमाले कार्यकर्ता नभन्नुस् दाइ, म अब एमाले रहिनँ।’

माओवादी कार्यकर्ताले पनि भने, ‘मलाई पनि माओवादी कार्यकर्ता नभन्नुस् दाइ, म पनि अब माओवादी रहिनँ ।’
‘किन र ? पार्टी एकता भए पनि आखिर तपाईंहरू एमाले र माओवादी नै त हुनुहुन्छ नि,’ मैले भनेँ ।‘होइन दाइ,’ एमाले कार्यकर्ताले भने, ‘अब म भूतपूर्व एमाले भएँ, उहाँ भूतपूर्व माओवादी हुनुभयो ।’‘हो हो, म पनि भूतपूर्व माओवादी भएँ । अब भूतपूर्वलाई माओवादी पनि के भन्नु ! माओवादी नै नभने पनि भयो,’ माओवादी कार्यकर्ताले थपे ।‘हो नि, भूतपूर्वलाई अब एमाले पनि के भन्नु ! नभने पनि भयो,’ एमाले कार्यकर्ताले पनि दोहर्याए ।‘यो एकताको सबैभन्दा ठूलो उपलब्धि नै यही हो,’ माओवादी कार्यकर्ताले भने ।‘कस्तो उपलब्धि ?’ मैले सोधेँ ।

एमाले बन्ने हो भने तपाईं मार्क्सवादी पनि बन्नुपर्यो, लेनिनवादी पनि बन्नुपर्यो । मार्क्सवादी र लेनिनवादी बन्न सजिलो छैन । मार्क्सवाद पढ्नुपर्यो, लेनिनवाद पढ्नुपर्यो । अब नयाँ बन्ने पार्टीमा मार्क्सवाद पनि हुनेछैन, लेनिनवाद पनि हुनेछैन ।त्यसैले हामी कम्युनिस्ट मात्रै बने पुग्यो ।’

‘यो एकतापछि अब म माओवादी हुनु परेन नि । यही यसको उपलब्धि हो,’ उनले उपलब्धिबारे खुलाए ।‘हो नि । एकता भएपछि म पनि अब एमाले हुनुपरेन । यही नै यसको उपलब्धि हो,’ माओवादी कार्यकर्ता पनि थपिए ।‘तर तपाईंहरू माओवादी हुनु नपरेकामा, एमाले हुनु नपरेकामा खुसी चाहिँ किन हुनुहुन्छ त ?’ मैले आफ्नो घोर अनभिज्ञता प्रकट गरे ।दुवै कार्यकर्ताले एक–अर्काको मुख हेरे । सायद यसको उत्तर के होला भनेर इसारा गरेको होला ।एमाले कार्यकर्ताले भने, ‘हेर्नुस् दाइ, एमाले भनेको के हो ? पहिले त्यो बुझ्नुस् न । एमाले भनेको मार्क्सवादी र लेनिनवादी । एमाले बन्ने हो भने तपाईं मार्क्सवादी पनि बन्नुपर्यो, लेनिनवादी पनि बन्नुपर्यो ।

माक्सवादी र लेनिनवादी बन्न सजिलो छैन । मार्क्सवाद पढ्नुपर्यो, लेनिनवाद पढ्नुपर्यो । अब नयाँ बन्नेपार्टीमा मार्क्सवाद पनि हुनेछैन, लेनिनवाद पनि हुनेछैन । त्यसैले हामी कम्युनिस्ट मात्रै बने पुग्यो ।मार्क्सवादी पनि बन्नुपरेन, लेनिनवादी पनि बन्नुपरेन ।’एमाले कार्यकर्ताको भनाइ सुनेर माओवादी कार्यकर्ता उत्साहित भए । भनिहाले, ‘मेरो पनि त्यही हो दाइ । पार्टी एकता भएपछि हामी पनि माओवादी बन्नुपरेन । माओवादी बन्न माओवाद पढ्नुपर्यो। अबपढ्नपरेन । केवल कम्युनिस्ट मात्र भए पुग्यो । माओवादी हुनुपरेन ।’एकताले खुसी भएका दुवै थरी कार्यकर्ताको कुराले मलाई भने चकित बनायो । मैले सोधेँ, ‘तर, तपाईंहरूलाई माओवादी बनेर समस्या के पर्यो त ?’

‘समस्या छ त दाइ । माओवादी भन्यो कि मान्छे मार्ने, जनतालाई दुःख दिने, लुटपाट गर्ने, के के गर्ने भन्ठान्छन् । त्यसैले यो नामै काम लागेन । एकतापछि नामै नयाँ भयो । आनन्द छ ।’‘मेरो पनि त्यही हो दाइ,’ एमाले कार्यकर्ताले पनि मुख खोेले, ‘एमाले भन्यो कि अहिले हत्याराको मतियार भन्छन् । पदको लोभी, सिद्धान्त नभएका, यो भएका, त्यो भएका दुनियाँ भन्छन् । त्यसैले एकतापछि नामै फेर्ने भएकाले आनन्द लाग्या छ।’

दुई कार्यकर्ता भाइहरूको कुरा सुनेर मलाई पनि आनन्द लाग्यो । पार्टी एकताले उनीहरू दुवै जनालाई आनन्द लागेको रहेछ । उनीहरूको आनन्द देखेर मलाई पनि आनन्द लागेको छ । अब आनन्द कसैलाई लागेको छैन भने दुवै पार्टीका नेताहरूलाई नलागेको हुनुपर्छ । किनभने एकतापछि अब भविष्य के होला, सबैलाई चिन्ता लागेको हुनुपर्छ । किनभने अब आफूसँग बाँकी हुने भनेकै एउटा कुर्सी हो । त्यो पनि गयो भने एकताको अर्थ के ?    

प्रकाशित: ५ जेष्ठ २०७५ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App