काठमाडौँ – भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने अनुबन्धित टिम दिल्ली डेयर डेभिल्सले चेन्नइ सुपर किंग्सलाई १६३ रनको चुनौति प्रदान गरेको छ।
दिल्लीमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो।
दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाउँदा विजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।
प्रकाशित: ४ जेष्ठ २०७५ १६:१२ शुक्रबार