८ वैशाख २०८१ शनिबार
खेल

बाजुरामा बुढीगंगामा मेयर कप प्रतियोगिता हुने

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताए।

खेल असार १ गतेदेखि ५ गतेसम्म भानुदय मावि नौविसमा हुने खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताए। स्थानीय तह कार्यान्वयन पछि नौ वटा स्थानीय तह मध्ये बुढीगंगा नगरपालिकाले पहिलो मेयर कपको आयोजना गरेको हो।
स्थानीय संरचना निर्माण पछि पालिका स्तरमा खेलकुदका गतिविधि बढाई खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि मेयर कप आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ। खेलको विजेतालाई प्रथम पुरस्कार ५५,५५५ रुपैयाँ नगद सहित प्रमाण पत्र र मेडल दिइने भएको छ।

त्यसैगरी द्वितीयलाई रु ३३,३३३ रुपैयाँ नगद, प्रमाण पत्र तथा मेडल र तृतीय हुने टिमलाई २२,२२२ रुपैयाँ नगदसहित प्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ । खेलमा बुढीगंगा नगरपालिकाका तीन टिम भाग लिन पाउने छन् भने अन्य आठ वटा स्थानीय तहबाट एक–एक वटा टिम सहभागी हुने भएका छन्। 

स्थानीय तहबीचको प्रतिस्पर्धा गराइने खेलमा आयोजक नगरपालिका भित्रबाट भने तीन टिमलाई सहभागी गराउने नगर कार्यालयले बताएको छ । मार्तडी केन्द्रित गतिविधिलाई स्थानीय तह केन्द्रित बनाउने र नौ वटा स्थानीय तहलाई खेल क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने खेलकुद विकास समितिको लक्ष्य रहेको अध्यक्ष हिक्मत थापले बताए।

खेलकुद विकास समितिले नौ वटै स्थानीय तहलाई वर्षादको २ र हिँउदका १ महिना बाहेक प्रत्येक महिना पालो पर्ने गरी कुनै न कुनै खेलकुद गतिविधि सञ्चालन गर्ने गरी समन्वय गरिरहेको छ । खेलमा सबै निकायको लगानी र सक्रियता आवश्यक भएको अध्यक्ष थापाको भनाई छ । 

प्रकाशित: ४ जेष्ठ २०७५ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App