८ वैशाख २०८१ शनिबार
समाज

अत्याधिक मदिरा सेवनले युवकको ज्यान गयो

कोहलपुर–अत्याधिक मदिरा सेवनले कोहलपुरका एक होटलमा बसेका युवकको मृत्यु भएको छ। साथीहरुसँग कोहलपुरस्थित पपलाइफ होटलमा बसेका कोहलपुर–११ का ३० वर्षीय विकास राईको मृत्यु भएको हो। होटलमा बसेका पवन श्रेष्ठ बेहोश अवस्थामा कोहलपुर प्रहरीले फेला पारेको छ।

उनीहरुको अत्याधिक मदिरा सेवन र लागुऔषध प्रयोगले मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। होटलमा गएराति चार जना दुई कोठा रिर्जभ गरी बसेका थिए। होटलमा मृतक राईको साथमा बसेका सुर्खेत वीरेन्द्रनगर १८ कबा इश्वर थापा र नेपालगन्ज १३ का प्रशान्त शाक्यलाई नियन्त्रणमा लिएको उनले जनाए। राईको मेडिकल कलेज कोहलपुरमा विहान ६ बजे मृत्यु भएको हो।

बेहश अवस्थामा फेला परेको श्रेष्ठको मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनास्थल हेर्दा युवाहरु लागुऔषध दुव्र्यसनी हुन सक्ने प्रहरीले जनाएको छ।

 

प्रकाशित: १५ भाद्र २०७३ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App