coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्। 

आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार शुक्रबारमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा ३४ नेपाली र ३१ विदेशी रहेका छन्। 

आरोहणको पाँचौँ दिन बिहीबार २५ जनाले आरोहण गरेका थिए। वैशाख ३० गते आठ जना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको पहिलो आरोहण शुरु भएको थियो। आरोहणको चौथो दिन बुधबार सबैभन्दा बढी ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए। 

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन्। अबको तीन÷चार दिनभित्र सबै आरोही चुचुरोमा पुगिसक्ने बताइएको छ। अहिले बाक्लो संख्याका आरोही सगरमाथाको चुचुरो पुगेर धमाधम ओर्लने क्रममा छन्। चुचुरो चढ्ने र ओर्लने धेरै आरोही शिविर तीन र चारमा रहेको सम्पर्क अधिकृत पाण्डेले बताए। 

सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौथो शिविरमा धेरै आरोही अनुकूल मौसमको प्रतिक्षामा रहेका छन् । 

प्रकाशित: ४ जेष्ठ २०७५ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App