खेलाडी बेपत्ता प्रकरण छानबिन गर्न समिति गठन

बुधबार, १५ भदौ २०७३, १३ : ३१ नागरिक

काठमाडौँ-मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान जाने क्रममा टोकियो विमानस्थलबाटै जुलाई १५ तारिखमा नेपाली खेलाडी बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मङ्गलबार छानबिन समिति गठन गरेको छ ।

उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह हुनुका साथै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी सङ्घलगायतले छानबिनको माग गरेका थिए ।

राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए।

समितिका सदस्यमा राखेपअन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिलाई सो कार्यमा कस्को संलग्नता रहेको छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिई किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ ।

त्यस्तै आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताए । रासस






यसमा तपाईको मत

अन्य समाचार

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

Ncell Footer Ad