४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

एपोलोमा भएको आक्रमणमा आइएसका प्रवक्ता मारिए

एपोलो–सिरियाको एपोलो सहरमा भएको आक्रमणमा इस्लामिक स्टेट आइएसआइका प्रवक्ता अवु मोहम्मद अल अडनानी मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सिरियली सैनिकविरुद्ध भैरहेको कारबाहीका क्रममा अडनानी मारिएको आइएसआई समर्थित समाचार संस्था अमकले जनाउको छ। उसले भनेको छ, ‘अडदानीले एपोलो सहरमा सिरियाली सैनिकविरुद्धको कारबाहीमा सहादत प्राप्त गरेका छन्। उनको कमी आइएसआइमा खड्किरहनेछ।’  उक्त समाचार संस्थाले उनी कसरी मारिए भन्ने बारेमा केही बताएको छैन।

उनले गत मे मा एक भिडियो सन्देशमार्फत पश्चिमा मुलुकलाई नछाड्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । उनलाई पश्चिमा मुलुकमा भएका आक्रमणको मुख्य योजनाकारका रुपमा हेरिएको थियो । उनलाई सिरियामा रामदान पर्वमा भएको आत्मघाती बम विस्फोटको मुख्य योजनाकारका रुपमा हेरिएको थियो । उनी आइएसआइका एक प्रभावशाली नेता रहेका थिए।

 

 

प्रकाशित: १५ भाद्र २०७३ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App