coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्काउटको महाकुम्भ हुँदै

काठमाडौं – नेपाल स्काउटले स्काउटको महाकुम्भ मानिने ज्याम्बोरी गर्ने भएको छ। जेठ १६ गतेदेखि २१ गतेसम्म ज्याम्बोरी गर्न लागेको स्काउटले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

स्काउटको नियम, प्रतिज्ञा र सिद्धान्तलाई व्यवहारमा लागु गर्दै शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवम् संवेगात्मक भावनामार्फत राष्ट्रको लागि सवल, इमान्दार, अनुशासित, आज्ञाकारी, क्रियाशील नागरिक निर्माण गर्ने उद्देश्यले ज्याम्बोरी आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

नुवाकोटको ककनीस्थित अन्तर्राष्ट्रिय स्काउट केन्द्रमा कार्यक्रमको आयोजना गरिने छ। नेपाल स्काउटको तर्फबाट गर्न लागेको यो ज्याम्बोरी तेस्रो हो। विश्व स्काउटको मान्यता अनुरुप सदस्य राष्ट्रले प्रत्येक ४ वर्षमा ज्याम्बोरी गर्नपर्ने भएपनि विविध कारणले नियमत गर्न नसकिएको तेस्रो ज्याम्बोरी नेपाल स्काउटका प्रचारप्रशार संयोजक राजिब खत्रीले बताए।

तेस्रो ज्याम्बोरीको उद्घाटन नेपाल स्काउटका संरक्षक तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नेपाल स्काउट तर्दथ समितिका संयोजक चन्दन कौशिकले जानकारी दिए। उनका अनुसार ज्याम्बोरीमा १० भन्दा बढी देश र नेपालका ५० भन्दा बढी जिल्लाबाट ५ हजार भन्दा बढी स्काउट सदस्यको सहभागिता रहने छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App