ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

शुक्रबार, ०४ जेठ २०७५, ११ : १९ नागरिक

नेपालगन्ज – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन, बाँकेले शुक्रबार बिहान अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भने, ‘रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो।’

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई गर्दैन भने।

उनले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आप्mनो दलले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनुलाई त्यही कडीका रुपमा लिएको छ भने।

प्रवक्ता शर्माको थप भनाइ थियो, ‘एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ।’ रासस








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad