८ वैशाख २०८१ शनिबार
कला

फ्लोरमा सलिनमानको यात्रा

काठमाडौं – केही साता अघि घोषणा गरिएको फिल्म ‘यात्राः ए म्युजिकल भ्लग’ मंगलबारबाट फ्लोरमा गएको छ। राजधानीको कमलादीस्ीिथत गणेसस्थान मन्दिरमा फिल्म युनिटले पुजा गर्दै फिल्म सुटिङका लागि फ्लोरमा गएको जानकारी दिइएको हो।

फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनिया र सलोन बस्नेत तथा सिनेमाटोग्राफर संजय लामाले पुजा गरेका थिए।

फिल्मको मंगलबार गणेसस्थान वरपर र गहनापोखरी आसपास छायांकन गरिएको थियो। फिल्ममा सलिनमान र सलोनसँगै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय छ।

कोटकी कालिका देवीफिल्मस् र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता छन्। फिल्ममा सम्राटको कथा, सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीको पटकथा संवाद, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App