coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बसुन्धरालाई दीर्घ साधना सम्मान

काठमाडौं – फिल्म ‘आमा’बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री बसुन्धरा भुषाललाई ‘छाँयाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिने भएको छ। छायाँछवि क्रियशनले राजधानीमा आयोजना गर्न लागेको ‘डि सिने अवार्ड’मा भुषाललाई यो सम्मान दिन लागिएको हो।

२०२२ सालमा निर्मित ‘आमा’ पछि भूषालले ‘सिन्दुर’, ‘सन्तान’, ‘कन्यादान’, ‘साथी’, ‘चेलिबेटी’लगायतका सय बढी फिल्ममा अभिनय गरेकी छन्।

छाँयाछवि क्रिएसनले आयोजना गर्न लागेको कार्यक्रममा वितरक, प्रदर्शक एवं निर्माता नरेन्द्र महर्जन र कलाकार तथा निर्मात्री मौसमी मल्ललाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ दिइनेछ। २०४९ सालबाट वितरकको रुपमा फिल्ममा आएका महर्जनले आधा दर्जन बढी फिल्म निर्माण गरेका छन्। २०४६ सालमा फिल्म ‘भाग्यरेखा’बाट फिल्ममा आएकी मौसमीले सयौं फिल्ममा अभिनय गरेकी छन्।

यस्तै आयोजकले पत्रकार श्याम अर्याललाई वर्षको ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ। स्याङ्जाका अर्यालले २०५८ सालमा पोखराको रेडियो अन्नपूर्णबाट पत्रकारिता शुरु गरेका श्यामसँग टेलिभिजन, रेडियो पत्रकारिताको अनुभव छ। उनलाई पुरस्कारसहित दश हजार दश रुपैया प्रदान गरिनेछ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले सम्मान तथा पुरस्कार जेष्ठ १० गते राष्ट्रिय सभागृहमा ‘डि सिने अवार्ड–०७५’मा प्रदान गरिने बताए।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App