७ वैशाख २०८१ शुक्रबार
कला

सुवेदी र थापालाई चलचित्र पुरस्कार

काठमाडौं – चलचित्र पत्रकारिता दिवसको अवसर पारेर प्रदान गरिँदै आएको ‘चलचित्र पत्रकारिता पुरस्कार’ नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार लक्ष्मण सुवेदी र टिभि फिल्मीमा कार्यरत सन्ध्या थापालाई प्रदान गर्ने निर्णय गरेको छ। उनीहरु दुवैले नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी पुरस्कारवापत पाउनेछन्। चलचित्र पत्रकार संघ नेपालको बुधबार बसेको बैठकले ‘चलचित्र पत्रकारिता सम्मान’ भने रमाइलो टिभीका अध्यक्ष दयाराम पाण्डे र राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ।

संघले ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ फिल्मी खबर डटकममा कार्यरत पत्रकार अञ्जान दाहाल ‘मनिष’ लाई प्रदान गर्ने  निर्णय गरेको छ। उनले १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी पाउनेछन्। संघले आगामी जेठ ७ गते राजधानीमा कार्यक्रम गर्दै पुरस्कार र सम्मान प्रदान गर्नेछ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App