८ वैशाख २०८१ शनिबार
समाज

बम विष्फोट गराउने एकजना पक्राउ

विराटनगर- विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । 

मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट पक्राउ गरिएको हो । 

उनलाई जिल्ला अदालत मोरङमा बिहीबार पेश गरिएको बताइएको छ । वैशाख ४ गते राति भएको सो विष्फोटको घटनामा यसअघि नै प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App