coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले बटम लाइनः संशोधन होइन, संविधान कार्यान्वयन

काठमाडौं–सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष एमाले भने त्यसको विपक्षमा उभिएको छ। एमालेले संविधान संशोधन आजको आवश्यकता नभएको भन्दै संविधान कार्यान्वयन मुख्य विषय भएको जनाएको छ।

एमाले सचिव प्रदीप ज्ञवालीले नागरिकन्युजसँग कुरा गर्दै संविधान संशोधन आवश्यक नभएको भन्दै पहिला संविधान कार्यान्वयन गर्नुपर्ने बताए। ‘सिद्धान्ततः संविधान संशोधन हुने विषय हो,’ उनले भने, ‘सोही सिद्धान्तमा रहेर एकपटक संविधान संशोधन पनि भइसकेको छ। यसलाई बारम्बार प्रयोगको थलो बनाउने पक्षमा एमाले छैन।’

अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा पुग्न संविधान संशोधन गर्ने हो वा पहाड र तराईबीचको दूरी बढाउन संधिवान संशोधन गर्ने हो?’  ‘समस्या समाधान गर्न संविधान संशोधन की समस्या बल्झाउन संविधान संशोधन?’

एमालेभित्रका बौद्धिक नेताको छवि बनाएका ज्ञवालीले संविधान संशोधनका विषयमा सरकारको औपचारिक धारणा आएपछि थप प्रक्रिया दिने भन्दै संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताए।

‘कसलाई सन्तुलनमा ल्याउन वा कसलाई खुशी पार्न संविधान संशोधन आवश्यक पर्यो?,’ उनले भने, ‘कुनै दल, नेता वा समूहलाई खुशी पर्न बारम्बार संविधान संशोधन गर्ने कुरा राम्रो होइन।’

उनले अंगीकृत नागरिक राज्यका उच्च तहमा पुग्नुपर्ने माग मधेसी धर्ती पुत्रको हुन नसक्ने बताए। ‘अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा पुग्न संविधान संशोधन गर्ने हो वा पहाड र तराईबीचको दूरी बढाउन संधिवान संशोधन गर्ने हो?’ उनले भने, ‘समस्या समाधान गर्न संविधान संशोधन की समस्या बल्झाउन संविधान संशोधन?’

मधेसमा भनिएको समस्या आम नागरिकको समस्या नभएको दाबी गर्दै ज्ञवालीले कुनै दल, समुदाय वा नेताले भनेको भरमा संविधान संशोधन गर्न नसकिने बताए।

मधेसी मोर्चाले मुख्य रुपमा तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित सीमांकन सच्याउन सरकारलाई दबाब दिँदै आएको छ।

ज्ञवालीले अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा पुग्ने व्यवस्था गर्दा बंशजको आधारमा नागरिकता पाएकाहरु अल्पमतमा पर्ने भन्दै अंगीकृत नागरिकलाई राज्यका उच्च पदमा पुग्ने व्यवस्थाको विरोधमा मधेसी जनता रहेको जिकिर गरे।  

मधेसी जनताको माग पहिलो संविधान संशोधनमार्फत पूरा गरिएको भन्दै ज्ञवालीले  जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशीलगायतका माग संशोधनमार्फत पूरा भइसकेको जनाए।

संविधानलाई सर्वस्वीकार्य बनाउने नाममा बारम्बार संशोधन गर्न नसकिने उनको भनाइ थियो। ‘संविधानलाई सर्वस्वीकार्य बनाउँदा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई के गर्ने?’, उनले भने, ‘आफूले चाहेजस्तो संविधान बनाउन निर्वाचनमा गएर संविधान संशोधन गर्न आवश्यक बहुमत ल्याएमात्र संवभ हुन्छ।’

उनले अहिलेको समस्या मधेसको नभएको उल्लेख गर्दै कुनै दल र तीनका नेताको इगोका कारण समस्या भएको बताए। ‘उपेन्द्र यादव बोल्दा मधेसको बोली हुने, सत्यनारायण मण्डल, वंशिधर मिश्रहरु बोल्दा के को बोली हुन्छ?,’ उनले भने।

 

प्रकाशित: १५ भाद्र २०७३ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App