७ वैशाख २०८१ शुक्रबार
समाज

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिल्ला प्रशासन कार्यालय रसुवामा सेवा लिन आएका सेवाग्राही पानी पिउँदै।

रसुवा- जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

सेवाग्राहीलाई लक्षित गरी कार्यालयले फ्रि वाइफाई, सेनटरी प्याड, फष्ट एड र कालो चियाको व्यवस्था मिलाएको छ । सेवाग्राहीको स्वास्थ्य र रुचीलाई मध्येनजर गर्दै सेवाहरुको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

‘कार्यालयमा आएका सेवाग्राहीको रुची अनुसार कालोचिया, तातोपानी वा चिसोपानी निशुल्क दिने व्यवस्था मिलाएका छौँ,' प्रमुख जिल्ला अधिकारी पौडेलले भने, 'यसले कार्यालय र सेवाग्राहीबिच आत्मियता बढ्नेछ ।’

कार्यालयले सेवाग्राहीको लागि फ्रि वाइफाइको समेत व्यवस्था मिलाएको छ । सेवा प्रवाहको क्रममा सेवाग्राहीको चाँप रहेको अवस्थामा सेवाग्राहीलाई दिक्क नलागोस भनेर फ्रि वाइफाइको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

फ्रि वाइफाइका लागि नेपाल टेलिकमसँग उच्च गतिको इन्टरनेट सञ्चालनबारे नियमित सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सुरु गरिएका सेवाको प्रभावकारीता बारे नियमित अवलोकन तथा अनुगमन हुने उनले जानकारी दिए । 

कार्यालयको महिला शौचालयमा स्यानेटरी प्याडको व्यवस्था गरेको छ । सेवा लिन आएको समयमा महिला महिनावारी हुँदा समस्या हुने गरेकाले स्यानेटरी प्याडको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा आएका सेवाग्राहीको स्वास्थ्यमा समस्या आउँदा प्राथमिक उपचारका लागि ‘प्राथमिक उपचार सेवा समेत सुरु गरेका छ । ‘प्राथमिक उपचारका लागि पेन किलर, सिटामोल लगायतका औषधी व्यवस्था गरेका  छौँ, उनले भने, यसले सेवाग्राहीलाई सामान्य स्वास्थ्य समस्या आउँदा आत्तिन पर्दैन ।’

कार्यालयमा ब्रेष्ट फिडिङ र सूचना केन्द्र यसअघि नै सञ्चालनमा आइसकेको छ ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App