८ वैशाख २०८१ शनिबार
शिक्षा

नेक्स्ट एजुकेसनको शैक्षािक मेला हुने

 

काठमाडौ – द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरान शाखाले आउँदो जेठ ५ गते शनिबार एक दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। गुणस्तरीय शिक्षा हासिल गर्ने लक्ष्य लिएका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको हो।

कक्षा १२ उत्तीर्ण गरी स्नातक तह तथा स्नाकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीलाई घर आँगनमै परामर्श दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको नेक्स्ट एजुकेसनका तथा टप युनिभर्सल एकेडेमीका प्रकाश लकान्द्रिले बताए।

धरानको गोर्खा डिपार्टमेन्टको हलमा हुने शैक्षिक मेलाबाट विद्यार्थीले पर्याप्त फाइदा लिनसक्ने लकान्द्रिले बताए। ‘पछिल्ला केही वर्ष यता सञ्चारको द्रुत विकाससँगै नेपाली विद्यार्थीले पनि विश्व बजारको शिक्षा प्रणालीका बारेमा जानकारी पाउन थालेको र नेपालको शैक्षिक प्रणाली पनि क्रमशः वैज्ञानिक र विश्व शिक्षामा प्रतिस्पर्धा गर्न सक्ने भएकाले प्लस टु उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जाने सोच नेपालीमा विकास भएको पाइन्छ,’ उनले भने, ‘मेलाले त्यस्ता विद्यार्थीलाई सघाउ पुग्नेछ।’

प्रकाशित: ४ जेष्ठ २०७५ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App