हुँदै नभएको विद्यालयमा छात्रवृत्ति रकम

शुक्रबार, ०४ जेठ २०७५, ०८ : ५५ नागरिक

खोटाङ – वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएको विद्यालयमा अध्ययन गर्ने छात्र÷छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाइएको छ। जिल्लामा हुँदै नभएको विद्यालय र सोही विद्यालयमा कक्षा १ मा अध्ययनरत कुमार बस्नेत, कक्षा ४ मा अध्यनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ।

वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण रूपमा अंगभंग भएका अभिभावकका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो। चण्डी ब्राइट फ्युचर नामको बोर्डिङ स्कुल जिल्लामा नभएकाले तोकिएको छात्र/छात्रालाई रकम पठाउन नसकिएको शिक्षा कार्यालयले जनाएको छ।

बोर्डले तीन छात्र÷छात्राले जनही ८ हजारका दरले पाउने गरी २०७४ साल असोज ८ मा जिल्ला शिक्षा कार्यालयलाई चेक पठाएको थियो। रकम लिनका लागि दाबी गर्ने छात्र÷छात्रा नआएको र जिल्लामा चण्डी ब्राइट फ्युचर बोर्डिङ स्कुल नभएकाले बोर्डले पठाएको छात्रवृत्ति रकम जिल्ला शिक्षा कार्यालयकै खातामा छ। वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका वा पूर्ण रूपमा अंगभंग भएका अभिभावकका २८ बालबच्चालाई छात्रवृत्तिका लागि सिफारिस गरिएकामा २२ जनाले जनही ८ हजारका दरले छात्रवृत्ति पाइसकेको वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दैआएको सुरक्षित आप्रवासन परियोजनाको सूचना तथा परामर्श केन्द्रका परामर्शकर्ता अम्बिका दाहालले बताइन्। ‘हामीले २८ बालबालिकाका लागि बोर्डमा सिफारिस गरेका थियौं,’ उनले भनिन्, ‘तीमध्ये २५ जनाको नाममा छात्रवृत्ति आयो। त्यसमध्ये विद्यालय नै नभएपछि तीनजनाले छात्रवृत्ति पाउन सकेका छैनन्।’ हुँदै नभएको विद्यालयका नाममा छात्रवृत्ति रकम आएको विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई जानकारी गराइए पनि सोधखोज नभएको बताइएको छ।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad