खुट्टाले लेखेर परीक्षा दिँदै सम्झना

शुक्रबार, ०४ जेठ २०७५, ०८ : १७ दमन राई

खोटाङ – जन्मजात दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी सम्झना राईले कक्षा ११ को परीक्षा दिइरहेकी छन्। जन्तेढुंगा गाउँपालिका–५ स्थित चिसापानी मावि परीक्षा केन्द्रबाट राईले खुट्टाको सहाराले कक्षा ११ को परीक्षा दिइरहेकी हुन्। खोटाङ बजारस्थित भगवती दिनानाथ माविबाट १७ वर्षीया सम्झनाले २.३५ जिपिएस ल्याएर ‘सी प्लस’ ग्रेडमा एसइई उत्तीर्ण गरेकी थिइन्। वैशाख ३० गते सुरु कक्षा ११ को परीक्षा दिनेमध्ये जिल्लामै उनी असाधारण क्षमता भएकी परीक्षार्थी हुन्।

गाउँघरमा दोस्री ‘झमककुमारी’ का नामले चिनिएकी सम्झना अर्थशास्त्र विषय लिएर कक्षा ११ मा भर्ना भएकी हुन्। जन्मजात हात नभए पनि खुट्टाको सहारामा लेखपढ र घरायसी काम गर्न सक्ने क्षमता भएकी सम्झनाले बाल्यकालमा खुट्टाले सिन्को च्यापेर आँगनको धुलोमा कोरेर लेखपढप्रति लगाव देखाएपछि परिवारले विद्यालय भर्ना गरिदिएका थिए। सम्झनाको पढाइ अब्बल रहेको शिक्षकहरूको भनाइ छ।

खुट्टा नै सबथोक
बुवा मालबहादुर राई र आमा सुमिताको दोस्रो सन्तान सम्झनाका दुवै हात छैनन्। तर, हरेक घरायसी काम गर्न सक्ने क्षमताको आधारमा उनी सपांगभन्दा फरक देखिन्नन्। जन्मजात हात नभएकी सम्झना खुट्टाको सहारामा लेखपढ र घरायसी काम गर्न सक्छिन्। दुई खुट्टाले पुस्तक पल्टाउँछिन्, देब्रे खुट्टाले लेख्छिन्। अक्षर पनि हातले लेखिएसरह सफा र आकर्षक छन्। लेढपढबाहेक खुट्टाकै साहराले तरकारी काट्न, खाना पकाउन, खान, पिउन, मोबाइल चलाउन, लुगा धुने काम गर्छिन् उनी। अझ अनौठो त सम्झना दुई खुट्टाले नै घाँस दाउरा गर्न सक्छिन्। सम्झनाले घाँसदाउरा काटेको देखेर स्थानीय अचम्मित हुन्छन्। पुरस्कार या सम्मान लिन परे च्यापु र कुमले च्यापेर थाप्छिन्।

परिवारको आशाको दियो
दुवै हात नभएकी छोरी जन्मिँदा राई परिवारमा हर्ष र विस्मात दुवै थियो। भविष्यमा ‘के गर्न सक्लिन् र’ भन्ठानेर सम्झनालाई विद्यालय पठाउन लामो समयसम्म बुबा मालबहादुर र आमा सुमिताको ध्यान गएन। तर सम्झनाले आँगन र भुइँको धुलो सम्याएर सिन्कोले लेख्न थालिन्। धुलो माटोमा लेखपढ गर्न सिक्न थालेको देखेर राई दम्पतीले सम्झनालाई ८ वर्षमा विद्यालय भर्ना गरिदिए। परिणामतः उनी अपांगता भएकामध्ये फरक क्षमता भएको प्रतिभाका रूपमा उदाइन्। यही कारण सम्झनाले अपांगता हुनुको पीडाको महसुस गर्न छाडिसकेकी छन्। उनमा हात नहुँदाको हिनताबोध देखिन्न। अहिले खुट्टाले लेखपढ गर्ने तिनै सम्झना परिवारका लागि आडभरोसा बन्दैछिन्। ‘पहिला त केही गर्न सक्दैन भनेर स्कुल पनि पठाइएन,’ सुमिताले भनिन्, ‘अहिले उसैसँग भरोसा लाग्न थालेको छ, पछि केही गर्लान् भन्ने आशा छ।’ सम्झनाका एक दाजु, एक भाइ र तीन बहिनी छन्।

‘झमककुमारी जस्ती’ भनेर सम्बोधन गर्दा आफूलाई निकै गर्व लाग्ने उनी बताउँछिन्। ‘जति दुःख र अभाव भए पनि उच्च शिक्षा अध्ययन गर्ने धोको छ,’ झमकको पुस्तक जीवन काँडाकी फूल पढिसकेकी सम्झनाले भनिन्, ‘झमकजस्ती बन्न नसकिएला तर, भविष्यमा केही न केही राम्रो काम गर्न सक्छु भन्ने आत्मविश्वास छ।’ छोरीको आँट र मेहनतअनुसार बनिबुतो गरेर भए पनि उच्च शिक्षा पढाउने आमा सुमिताको अठोट छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad