coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इङल्याण्डले बनायो नयाँ विश्व कीर्तिमान, पाकिस्तान १६९ रनले पराजित

लण्डन– पाकिस्तानविरुद्धको तेस्रो एक दिवसीय खेलमा इङल्याण्डले ४ सय ४४ रनको योगफल बनाउदै नयाँ  विश्व कीर्तिमान बनाएको छ।
उक्त खेलमा इङल्याण्डले पाकिस्तानलाई १ यस ६९ रनले पराजित गरेका छ। पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित ५० ओभमा ३ विकेट गुमाउदै ४ सय ४४ रनको योगफल बनाएको थियो जुन एक दिवसीय एतिहासकै सर्वाधिक उच्च योगफल हो ।

यस अघि सन् २००६ मा श्रिलङकाले नेदरल्याड्सविरुद्धको एक दिवसीय खेलमा ४ सय ४३ रन बनाउदै सर्वाधिक रनको कीर्तिमान बनाएको थियो। ४ सय ४४ रन बनाउने क्रममा  इङल्याण्डका एलेक्स हेल्सले १ सय ७९ रनको योगदान दिएका थिए । उनको यो रन एक दिवसीय खेलमा कुनै पनि ब्याट्म्यानले प्रहार गरेको सर्वाधिक रन हो । यस अघि सन् १९९३ मा अस्ट्रेलियाका रोविन स्मिथले अविजित १ सय ६७ रनको बनाउदै सर्वाधिक रन प्रहार गर्ने खेलाडी बनेका थिए । त्यस्तै जोए रुटले ८५ तथा जोस बट्लरले अविजित ९० रनको योगदान दिएका थिए ।

४ सय ४५ रनको विशाल विजयी लक्ष्य लिएर जवाफका लागि मैदानमा उत्रिएको पाकिस्तानले ४२.४ ओभरमा अलआउट हुनु पूर्व मात्र २ सय ७५ रन जोड्न सक्यो र १ सय ६९ को भारी अन्तरले पराजित भयो। उसका लागि सर्जिल खान र मोहम्मद अमिरले समान ५८ रनको योगदान दिए पनि अन्य ब्याट्सम्याानले भने उल्लेख्य प्रर्दशन गर्न सकेनन् । यस जितसँगै इङल्याण्डलले  ५ एक दिवसीय श्रृखलामा ३–० को अग्रता लिँदै दुई खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।
 

 

प्रकाशित: १५ भाद्र २०७३ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App