coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

हैदराबादलाई हराएपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

काठमाडौं – रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै बेंग्लोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो।

घरेलु मैदान एम चिन्ना स्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१८ रन बनायो।

बेंग्लोरका लागि एबी डि भिलियर्सले सर्वाधिक ६९ रन बनाए। उनले १२ चौका र १ छक्का प्रहार गरे। मोइन अलीले २ चौका ६ छक्कासहित ६५ रन जोडे। कोलिन डि ग्राण्डोम्मले १ चौका र ४ छक्कासहित ४० रन बनाए। शर्फराज खानले २२ रन जोड्दा कप्तान विराट कोहली १२ रनमा आउट भए।

हैदराबादका लागि कप्तान केन विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्काको मदतमा ८१ र मनिष पाण्डेले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६२ रन बनाएका थिए। त्यो जितका लागि प्रयाप्त हुन सकेन।

आज चेन्नई सुपरकिंग्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिशपर्धा हुने छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App