coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ३ को पाश्र्वचित्र सार्वजनिक

मकवानपुर – नेपालका ७ प्रदेशमध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा बिहीबार प्रदेशको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेका हुन्। सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, सडक तथा यातायात, ऐतिहासिक तथा धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकासलगायतका विवरण समावेश गरिएको छ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले विकास र समृद्धीका लागि पाश्र्वचित्र महत्वपूर्ण रहेको बताए। जनचाहना अनुसार विकास गर्न पाश्र्वचित्रले दिशानिर्देश गर्ने बताउँदै उनले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

सामाजिक विकास मन्त्री युवराज दुलालले अन्य प्रदेश भन्दा शहरहरु विकशित भएकाले प्रदेशको विकासमा चुनौती रहेको बताए। प्रदेशलाई बाल विवाहमुक्त प्रदेश बनाउने बताउँदै उनले २० बर्ष पछि मात्र विवाह गर्ने नीति तथा कार्यक्रम ल्याउने बताए। सबैभन्दा बालअधिकार हनन् बालगृहमै भईरहेको भन्दै उनले अब मन्त्रालय एक्सनमा जाने र बालबालिकालाई उद्धार गर्ने पनि बताए।

२० प्रतिशत जोडी परिवार नियोजन पहुँच बाहिर
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशका २० प्रतिशत विवाहित जोडी परिवार नियोजनको साधनको पहुँच बाहिर रहेका छन्। २० प्रतिशत विवाहित जोडी परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको बताउँदै मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिस विष्टले मन्त्रालयले यसतर्फ विशेष ध्यान दिएर योजना बनाइरहेको बताए।

तथ्याङ्क अनुसार प्रदेशका १ हजार १ सय २२ वडामध्ये ७ सय ५४ वडामा स्वास्थ्य चौकी छैन। महाशाखा प्रमुख सतिस विष्टले सबै वडामा स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नु मन्त्रालयको लक्ष्य रहेको बताए।

प्रदेशका ११ हजार ७ सय ३९ बालवालिका बाल गृहहरूमा रहेको मन्त्रालयको तथ्यांक छ। महिला तथा बालवालिका कार्यालयबाट लिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ५ सय ९० महिलालाई न्याय दिलाउन समन्वय गरिएको छ। साथै करिब ५५ लाख जनसंख्या रहेको प्रदेशमा ४१ हजार ७ सय ७२ जना अपांगता भएका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App