पल्सर अवार्ड : पारस र शोभा वर्षका उत्कृष्ट खेलाडी (फोटो फिचर)

बिहिबार, ०३ जेठ २०७५, २० : ४८ दिपेन्द्र रोक्का

187


काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा विहीबार आयोजित पल्सर स्पोर्टस अवार्डको १५औं संस्करणको सम्मान वितरण कार्यक्रममा उत्कृष्ट खेलाडी घोषणा गरिएको हो। वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा भने कप्तान खड्कासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की परेका थिए। 

त्यस्तै यता वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा गौचनसँगै धनुकाँडकी ज्ञानु अवाले, बक्सिङकी विमला श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठ थिए। 

वर्षको उत्कृष्ट प्रशिक्षकमा क्रिकेटका जगत टमाटा चुनिए। प्रशिक्षकतर्फ टमाटासँगै विनोद दास, फुटबलका छिरिङलोप्साङ गुरुङ, ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठ र बक्सिङका प्रकाश थापा मगर मनोनयनमा परेका थिए। 

त्यसैगरी पिपुल्स च्वाइसतर्फको अवार्ड भने टेबल टेनिसका स्यान्टु श्रेष्ठले पाए। पिपुल्स च्वाइस विधामा स्यान्टुसँगै क्रिकेटका सन्दीप, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा र भलिबलका मानबहादुर श्रेष्ठ थिए। वर्षका उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकको उपाधि विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल एक एक थान प्राप्त गरे। 

त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर सन्दीप घोषित भए। युवाको मनोनयनमा लामिछानेसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ र बक्सिङकी पुनम रावल थिए। 

नेपाली फुटबलको श्रीवृद्विमा उल्लेखनीय योगदान पु-याएका अशोक केसी लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए। 
त्यसैगरी फरक प्रकृति (अपाङ्गता) बाट ह्वीलचेयर बास्केटबल र क्रिकेट खेलमा उल्लेखनीय योगदान पु-याएका  नेपाली सेनाका हिमाल लम्साल पारा एथलिट अवार्डबाट सम्मानित भए। 

स्पेशल अवार्डबाट राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी सम्मानित भए। वर्षको युवा, लाइफटाइम एचिभमेन्ट, पारा एथलिट र स्पेशल अवार्डबाट सम्मानित हुने खेलाडीले ट्रफीसहित जनही रु ५० हजार पुरस्कार पाए। विजेता तथा मनोनयनमा पर्ने खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, आयोजक मञ्चका अध्यक्ष महेश आचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए।



































यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...