७ वैशाख २०८१ शुक्रबार
राजनीति

एकीकृत पार्टीको घोषणा सभा सुरु

काठमाडौं– दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा सुरु भएको छ ।

गत वर्ष असोज १७ गते सभागृहबाटै दुई पार्टीबीच एकीकरण गर्ने घोषणा भएको थियो। यो समारोहमा तत्कालिन एमाले र माओवादी पार्टीका उच्च नेताहरु सहभागी भएका छन् । नेपालको कम्युनिष्ट पार्टीको गठन भएको आज ६९ वर्ष र २५ दिन पुगेको छ । दुई ठूला कम्युनिष्ट पार्टी एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टी संसदीय प्रजातन्त्रमा विश्वास राख्ने मूलधारको पार्टी बनेको छ ।

यो घोषणा समाराेहको सञ्चालन एकीकृत पार्टीका महासचिव विष्णु पौडेलले गरेका छन् । पूर्व प्रधानमन्त्री माधव नेपालले एकीकृत पार्टीको घोषणा पत्र वाचन गर्दैछन् । यो समारोहलाई केपी अोली र पुष्पकमल दाहालले सम्बोधन गर्दैछन्।

प्रकाशित: ३ जेष्ठ २०७५ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App