एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

बिहिबार, ०३ जेठ २०७५, १८ : ०२ नागरिक

काठमाडौं– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ। 

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलद्वारा विहीबार जारी विज्ञप्तिमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेको र माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको उल्लेख छ। 

दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादविरुद्ध दशवर्षे जनयुद्ध भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो। फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ।’

क्रान्तिकारी माओवादीले मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन अपील गरेको छ।

यस्तो छ विज्ञप्ति

देशमा दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र विस्तारवाद तथा साम्राज्यवादद्वारा हुँदै आएको उत्पीडनको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्दै समाजवाद र साम्यवादको दिशामा अघि बढ्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र जनसंघर्ष र दशवर्षे जनयुद्ध भए । परिवर्तनका यी सबै महान प्रक्रियामा जनताका हजारौं छोराछोरीले सहादत प्राप्त गरे, हजारौं वेपत्ता पारिए, कैयौं योद्धाहरु घाइते÷अपाङ्ग बनाइए । परन्तु, आन्दोलन तथा जनयुद्धकै मूल नेतृत्व प्रचण्ड मण्डलीले वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादको बाटो पकडी परिवर्तनको महान प्रक्रियामाथि धोका, विश्वासघात र गद्दारी गर्न पुग्यो । फलतः पश्चगामी राज्यसत्ता र उही पुरानै संसदीय व्यवस्थाको सेरोफेरोको गोलचक्करमा आज देश फस्न पुगेको छ, मालेमावादको आधारभूत मान्यता विपरीत सम्झौता र सत्ताको लेनदेन गरी जनताको वलिदानको अबमूल्यन हुन पुगेको छ । त्यसैको पछिल्लो कडीको रुपमा माके–एमालेले एकताको तथाकथित नाटक मञ्चन गरेका छन् । मालेमावाद र जनयुद्धको विचार, आदर्श र मूल्य मान्यतालाई परित्याग गरिसकेको माके आजैबाट औपचारिक रुपमा दक्षिणपन्थी संशोधनवाद तथा अवसरवाद हुँदै संसदीय मूल प्रवाहको एमालेको प्रतिक्रियावादीधारमा समाहित हुन पुगेको छ । 

प्रतिक्रियावादी बाटो पकडीसकेको दक्षिणपन्थी संशोधनवादीहरुको गठजोडबाट उत्पन्न परिस्थितिको गम्भीरतापूर्वक समीक्षा गर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आइपुगेको छ । आजको यस घडीमा मालेमावादप्रति निष्ठावान क्रान्तिकारीहरु, घाइते÷अपाङ्ग, बेपत्ता योद्धा, सहिद परिवार र पूर्वजनमुक्ति सेना लगायत सम्पूर्ण परिवर्तनकामी जनसमुदायलाई क्रान्तिकारी धारमा ध्रुवीकृत हुन नेकपा (क्रान्तिकारी माओवादी) हार्दिक अपील गर्दछ । माके र एमालेभित्र रहनु भएका देशभक्त तथा क्रान्तिकारी साथीहरु ! यो कथित वाम एकताविरुद्ध आवाज उठाउनुहोस् र आफ्नो विद्रोही भावना र अभिमत जाहेर गरी क्रान्तिकारी आन्दोलनलाई अघि बढाउने ऐतिहासिक तथा महान प्रक्रियामा अघि बढ्ने अठोट गर्नुहोस् । आउनुहोस्, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महासमरमा सामेल हुने प्रतिबद्धता जाहेर गरौं ! संसदवादी तथा दक्षिणपन्थी संशोधनवादीहरुको कथाकथित एकता प्रक्रियालाई निस्तेज पार्दै नयाँ जनवादी क्रान्तिको तयारी र समग्र क्रान्तिको प्रक्रियालाई घनिभूत पारौं ! भविष्य क्रान्तिकारीहरुकै हातमा  छ । क्रान्तिकारी अभिवादन सहित !


हरिभक्त कँडेल‘प्रतीक’
प्रवक्ता







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad