७ वैशाख २०८१ शुक्रबार
खेल

पल्सर स्पोर्टस अवार्ड : सन्दिप उत्कृष्ट युवा खेलाडी

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने वर्षकै उत्कृष्ट युवा खेलाडी बनेका छन्।

आएपीएल खेल्न हाल दिल्लीमा रहेका सन्दिपलाई विहीबार आर्मी अफिसर खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस अवार्ड समारोहमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो। उनले ४ प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेका छन्। 

उनीसँगै क्रिकेटर दीपेन्द्रसिंह ऐरी, दिनेश हेम्जन (फुटबल), मनिता श्रेष्ठ प्रधान ( जुडो) र पुनम रावल (बक्सिङ) उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए।

प्रकाशित: ३ जेष्ठ २०७५ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App