१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकरण अघि दुवै पार्टी विघटन: ९ सदस्यीय हाइकमान्डमा को को छन्?

काठमाडौं– पार्टी एकीकरणको जानकारी निर्वाचन आयोगलाई दिनुअघि दुवै पार्टीले आ–आफ्ना केन्द्रीय कमिटीको बैठक गरि पार्टी विघटनको निर्णय गरेका छन् ।

यसअघि पार्टी एकता संयोजन समितिको बैठकले निर्क्योल गरेअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरण पछि बन्ने नेकपामा ९ सदस्यीय सचिवालय गठन गरिएको छ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट तीन जना रहनेछन् ।

एकीकृत पार्टीको उच्च इकाइ मानिएको सचिवालयमा दुई अध्यक्षको वरियता बराबरजस्तो रहने बनाइएको छ भने त्यसपछिको बरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन् ।

बुधवार पार्टी एकताको अन्तिम टुंगो गरेका यी दुई दलले एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय र केन्द्रीय कमिटी ४४१ सदस्यीय रहने निर्णय गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७५ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App