४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गर्दै सकियाे पहिलो अधिवेशन

काठमाडौं– प्रदेश नम्बर २ को पहिलो अधिवेशन अन्त्य भएको छ । बिहीबार २५औं बैठक सञ्चालन गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको पत्र वाचन गर्दै जेठ ४ गते राति १२ बजेदेखि लागू हुनेगरी चालू अधिवेशन अन्त्य भएको जानकारी गराए ।

यसअघि बिहीबारै बिहान ९ बजे बसेको बैठकको पहिलो सत्रमा प्रदेश सभा सञ्चालन कार्यविधि नियमावली पारित गरेको थियो । 

दोस्रो अधिवेशन प्रदेश सरकारको रायले प्रदेश प्रमुखको आह्वानमा सुरु हुनेछ । सम्भवत जेठको दोस्रो सातादेखि दोस्रो अधिवेशन हुनसक्ने संघीय संसद ससचिवलायका उपसचिव रञ्जित यादवले जानकारी दिए ।

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App