७ वैशाख २०८१ शुक्रबार
समाज

लागु औषधसहित व्यापारी पक्राउ

लहान – प्रहरीले सिरहाको लहानबाट बुधबार राति लागुऔषधसहित एक व्यवसायीलाई पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानस्थित विराटनगर बसपार्क नजिक होटल सञ्चालन गर्दै आएका लहान नगरपालिका–३ निवासी ३५ वर्षीय ज्ञानकुमार कामैतलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।

आफ्नै पसलबाट लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले कामैतको होटलमा २९२ थान लागुऔषध फेला परेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्दले जानकारी दिए।

कामैतको होटलबाट ९८ थान फेनारगन, ३१ थान डाइजेल्याब, नरफिन १९ थान, लुपिजेसिन ८६ थान, नाइट्रोजेपाम ट्याब्लेट ५८ थान, विभिन्न कम्पनीको मोबाइल नौ थान, नक्कली पेस्तोल एक थान, तरबार एक थान र चार हजार ९०० भारु रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए

दुई हजार लिटर घरेलु मदिरा नष्ट
प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ बाट गएराति दुई हजार लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदी र सशस्त्र प्रहरी बल बेस क्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक जनक बस्नेतको संयुक्त गस्ती टोलीले गोलबजार नगरपालिका–६ मा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टीमा छापामारी करिब २० लाख मूल्यबराबरको दुई हजार लिटर घरेलु मदिरा नष्ट गरेको हो।

अवैध रुपमा घरेलु मदिरा भट्टी सञ्चालन भइरहेको सूचनाका आधारमा भट्टीमा छापामारी मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।   (रासस)

प्रकाशित: ३ जेष्ठ २०७५ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App