नेपालीको भावनामाथि ठोस पुगेको भन्दै फ्लिपकार्डले माफी माग्यो

बुधबार, १५ भदौ २०७३, ११ : ०० एजेन्सी

नयाँ दिल्ली –गोरखा समाजले भारतको एक अनलाइन सपिङ कम्पनी फ्लिपकार्ड विरुद्ध दर्ता गरेको मद्दा फिर्ता लिने भएको छ ।
फ्लिप कार्डले नेपाली तथा कुनै जाति विशेषको अपमान गर्ने कुनै सोच नरहेको भन्दै उक्त विज्ञापन सच्याउने बताएपछि गोरखा समाजले मुद्दा फिर्ता लिने भएको हो।

फ्लिप कार्डले एक विज्ञप्त्ति निकाल्दै भनेको छ, ‘हाम्रो नेपालीको अपमान गर्ने कुनै सोच थिएन ,यस विज्ञापनबाट विश्वभर रहेका नेपाली नागरिकमा पुग्न गएको ठेसप्रति हामी क्षमाप्रार्थी छौं।’ साथै कम्पनीले उक्त विज्ञापनमा प्रयोग भएको भादगाँउ टोपी र बालकको आवाज तत्काल परिवर्तन गरि सोही विजापनालई नयाँ रुपमा फेरि प्रसारण गरिने र सो विज्ञापन नायँ रुपमा केही दिनमा नै प्रसारण गरिने बताएको छ।
उक्त अभियानका एक सदस्य दिनेश शर्माले भने, ‘फ्लिपकार्डलले गल्ती स्विकार गर्दै उक्त विज्ञापन सच्चाउने बताएपछि हामीले मुद्दा फिर्ता लिएका छौं।’
गोरखा युवा तथा विद्यार्थी संगठन र हाम्रो स्वाभिमानले  उक्त कम्पनीको नयाँ विज्ञापनले सरा नेपालीको अपमान गरेको भन्दै गत शनिबार दिल्ली प्रहरीमा मुद्दा दर्ता गराएको थियो। साथै उसले उक्त विज्ञापन विरुद्ध एक अभियान समेत चलाएको थियो। उक्त विज्ञापनमा एक नेपाली बालकलाई चौकीदारको रुपमा प्रस्तुत गरेको र उसलाई चौकीदारको पोसाकसँगै नेपाली र गोरखालीको शानको रुपमा रहेको भादगाउँ टोपीमा प्रस्तुत गरेको भन्दै गोरखा समाजले यसको विरोध गर्दै आएको थियो ।

 






यसमा तपाईको मत

अन्य समाचार

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमद्वारा विशेष च्यानल 'राइम्स’ शुरु

डिशहोमले एउटा विशिष्ट च्यानल राइम्स मार्फत भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ । ...

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाको समय थप

अर्घाखाँची सिमेन्ट प्रा. लीले आफ्नो  उपभोक्ता वर्गको लागि बिगत दुई महिना अघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका...

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

Ncell Footer Ad