कूटनीति भनेकै हल्का झूटनीति हो

बिहिबार, ०३ जेठ २०७५, ११ : १३ कृष्णमुरारी भण्डारी

107


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किसकेका छन् तर उनको भ्रमणले उत्पन्न गरेको तरंगको लहरले नयाँ तरंगहरूलाई निम्त्याइरहेको छ । नेपालमा मात्र होइन, मोदी भ्रमणले उनकै देशभित्र पनि तातो बहस सुरु भएको छ–प्रधानमन्त्री मोदीले कर्णाटक राज्यमा भएको चुनावमा सीधै हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै विपक्षीहरूले हंगामा गरेका छन् ।

नेपालका प्रधानमन्त्री केपी ओली र मोदीले गत शनिबार काठमाडौँमा १६ बुँदे संयुक्त वक्तव्य जारी गरे । यसले नेपाल भारत सम्बन्धको वर्तमान अवस्थालाई दर्शाउँछ । संयुक्त वक्तव्यको ११ नम्बर अहिले बहुचर्चामा छ । वामपन्थीहरूलाई कम्युनिस्ट भन्दै तथानाम गाली गर्दै लोकतन्त्रको भजन जप्नेहरूमा पनि यसले नराम्रो झड्का दिएको छ।

वामपन्थीहरूले जनकपुर–अयोध्या सर्किटलाई सहयोग गरेपछि उनीहरूलाई ठाडै विरोध गर्ने विरोधीहरूले आफ्नो बलियो दार्शनिक–राजनीतिक हतियार खोसिएको ठानेर तिलमिलाएका छन् । जसरी ०५१ सालमा यिनै ओली गृहमन्त्री हुँदा यिनकै मन्त्रिपरिषद्ले कम्युनिस्टहरूले बूढाबूढीलाई गोली हानेर मार्छन् भन्ने अफवाहलाई वृद्ध भत्ता दिने निर्णय गरेर विरोधीको मुखमा बुजो लगाइदिएका थिए । यसपालि कम्युनिस्टले आध्यात्मिक, धार्मिक मूल्यमान्यतालाई तिलाञ्जली दिएर मूर्ति फोर्छन् भन्नेहरूलाई जनकपुर–अयोध्या सर्किट खोलेर साबित गरेका छन् । मुखभरिको यो जवाफ पाएपछि आफूलाई धार्मिक ठेकेदार र नैतिकवान् भन्ने उपबुज्रुकहरू तिलमिलाएर बरबराउन थालेका छन् ।

राज्य धर्मनिरपेक्ष हुनु भनेको धर्मसंस्कृतिको विरोध गर्नु हो भन्ने आरोप वामपन्थीहरूलाई लगाउनेहरूले कानखोलेर सुनेहुन्छ, आँखा च्यातेर पढे हुन्छ । आध्यात्मिक, सांस्कृतिक र पुरातात्विक विषय जनताको हितमा हुनुपर्छ भनेर आवाज उठाउने वामपन्थीहरू नै हुन् । धर्म, संस्कृति र परम्पराको नाउँमा जनताको शोषण गर्नुहुन्न भनेर बिगुल फुक्ने नै वामपन्थी हुन् । धर्म संस्कृति र विष्णुको अवतारको आवरणमा राजतन्त्रले चलाएको निरंकुश शासनविरुद्ध गणतन्त्रको आवाज बुलन्द गरेकाले हिन्दूधर्म र हिन्दू राष्ट्रको नाउँमा वामपन्थीहरू मौन बसेका हुन् । उनीहरू हिन्दू जीवनपद्धति र धर्म संस्कृतिका विरोधी किमार्थ होइनन् ।  

भारतमा पनि नेपालसँग भएको नयाँ सुरुवातले विपक्षीहरूबीच तहल्का मच्चिएको छ । जनकपुरको भ्रमणपछि मोदीले लुम्बिनी भ्रमणको भाकल गरे । मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रूपमा जनकपुर अयोध्या सर्किटको सुरुवात र बुद्ध सर्किटको पनि रूपरेखामा सहमति जनाए । नेपाल भारतबीचको गहिरो धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्बन्ध सङ्लिएपछि मोदीविरुद्ध पनि भारतीय संसद्मा नियमापत्ति चर्किएको हुनुपर्छ ।

दुई देशबीचको धार्मिक र सांस्कृतिक घनिष्ठसम्बन्धको पछिल्लो सुरुवात जनकपुर–अयोध्या सर्किटले सीताको जन्मभूमिलाई रामको जन्मभूमिसँग सिधै जोड्नेछ । जनकपुरमै दुई प्रधानमन्त्रीले जनकपुरबाट सिधै अयोध्या जाने बससेवाको झन्डा हल्लाएर शुभारम्भ गरेपछि सर्किट कार्यान्वयनको सुरुवात पनि भएको छ ।  

नरेन्द्र मोदीको भ्रमणपछि हस्ताक्षरित संयुक्त विज्ञप्ति पढ्दा दुई देशबीचको सम्बन्धले नयाँ मार्ग समातेको सहजै थाहा हुन्छ । संयुक्त विज्ञप्तिले बोकेको सरल अर्थ मात्र होइन, संयुक्त वक्तव्यका बुँदाले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पहिलो पल्ट औँल्याउँदै नफुस्कने गरी गाँठो कसेको छ ।

ओली र मोदी दुवै प्रधानमन्त्रीले बोलीमा मात्र रहेको नेपाल भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्धलाई दुई देशका सरकार प्रमुखहरू राजनीतिक तहबाट सम्बोधन गरेका छन् । यसबाट दुईदेशबीचको सांस्कृतिक सम्बन्धहरू नयाँ आयाम दिएको छ । अब नेपालमा ओलीको पार्टी एमाले, सरकारमा सहभागी माओवादी र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कसरी व्याख्या गर्छन् ? माधव नेपाल, झलनाथ, प्रचण्ड, रामचन्द्र, शेरबहादुरले इतिहासमै पहिलोपल्ट औपचारिक रूपमा बनेको सर्किटबारे के भन्छन् ? अब हेर्नुपर्ने कुरा यही हो ।  

मोदीको आन्तरिक द्वन्द्वलाई बुझेर दूरगामी रूपमा सांस्कृतिक, धार्मिक, रणनीतिक पाइला ओलीले चालेका हुन् । अब हेर्नुछ, तराईका नेताहरू मोदीको लाइन अँगालेर अगाडि बढ्छन् कि पश्चिमाहरू र अरू देशी–विदेशीहरूको आडमा चल्ने हुन् ?

अहिले जनकपुर–अयोध्या र यसपछि क्रमशः राम–सीतासँग जोडिएका ठाउँ र क्षेत्रहरूबीचको सर्किटको महत्व पर्यटकीय महत्वका दृष्टिले दुवै देशको हितमा छ । जनस्तरको कूटनीतिका लागि यी दुवै सर्किटहरू युगौँयुगसम्म मित्रताको गाँठोमा बाँधिइरहनेछन् । यी दुवै सर्किट नेपाल भारत सम्पर्कका हट लाइन हुन् । यी दुवै ‘काउबेल्ट’ पनि हुन् । जसको धेरै सांस्कृतिक–पुरातात्विक व्याख्या हुन बाँकी नै छ ।

मोदीले प्रधानमन्त्री बन्नेबित्तिकै स्वतन्त्र भारतको विदेशनीतिको तर्जुमा गरिरहेको छनक चुनावकै बेलामा दिएका थिए । जसको कार्यान्वयनको सुरुवात गरेको संकेत आफूले प्रधानमन्त्रीको शपथ खाँदा औपचारिक रूपमै दिए । दक्षिण एसियाका सरकार र राष्ट्र प्रमुखहरूलाई बोलाएर उनले भारतीय विदेशनीतिको नयाँ आयाम मोदी डक्ट्रिन सुरु गरे ।

प्रधानमन्त्री बनेलगत्तै भएको नेपालको भ्रमणमा उनले भारतको बदलिन लागेको छविको प्रारूप प्रस्तुति गर्ने सुरुवात गरे । नेपालको संविधानसभामा मोदीको सम्बोधन यसैको छनक हो । उनको त्यो सम्बोधन हेरिरहेका र सुनिरहेका भारतीय खुफिया एजेन्सी र कर्मचारीतन्त्र तिलमिलायो । मोदीलाई बेलायती बाबुहरू फर्केपछि हिन्दुस्तानमा नवबाबु बनेकाहरूले नारायणहरि बनाइदिए । मोदीले कुरो बुझुन्जेलसम्म उनी कर्मचारीतन्त्र, टेक्नोक्रेट, खुफियातन्त्रको माखेसाङ्लोमा परेर हलचलको स्थितिमा पुगिसकेको भारतीयहरूले नै बेलामौकामा भन्ने गर्छन् ।

भारत स्वतन्त्र भएदेखि नै बेलायती उपनिवेशवादीहरूको शैलीमा नेपाल लगायत छिमेकीहरूलाई भारतमाथि पूर्णतः परनिर्भर बनाउने प्रयत्न नेहरुले गरिरहे । विस्थापित हुन लागेको राणाशासकसँग नवभारतीय शासकले षड्यन्त्रपूर्वक सन् १९५०को असमान सन्धि ग¥यो । २००७मा प्रजातन्त्र आइसकेपछि नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतीय राजदूतलाई बसाइन्थ्यो । त्यसबाहेक पनि अनगन्ती हस्तक्षेपहरू भइरहे ।

नेपाललाई कमजोर, भारतमाथि पूर्णतः निर्भर पारिरहने, मधेसलाई ‘प्रयोग’ गर्ने लाइन सुरुदेखि लामो समय भारतमा सत्ता सञ्चालन गरेको हालको कांग्रेस (आई)को नीति नै रहेको देखिन्छ, राजनीतिशास्त्रका एक प्राध्यापकले भने । आसेपासे र भारतीय बुद्धिजीवी, कर्मचारीतन्त्र, मिडियालाई सञ्चालन गर्नेहरूकांग्रेसराज सकिए पनि कांग्रेसी सोचलाई निरन्तरता दिइरहे । भारतीय गुप्तचरदेखि बुद्धिजीवी र पत्रकारहरूले प्रकाशित गरेका पुस्तकहरूमा यी कुरा खुल्लम खुला छन् ।

तर बुझ्नुपर्ने कुरा के भने बिजेपीको लाइन, कांग्रेस (आई) को सिद्धान्त, नीति र कार्यक्रम एउटै होइन–भारतीय लेखक, टिप्पणीकार र विद्वान्हरू दोहो¥याइरहन्छन् । फुटाउ र शासन गरको बदला बिजेपी सांस्कृतिक, सामाजिक, धार्मिक रुटका आधारमा छिमेकीसँगसम्बन्ध विस्तार गर्न चाहेको बताइरहेछ । चार वर्षअघि प्रधानमन्त्री बनेपछि मोदीले यो कुरा सार्वजनिक गरे पनि पालना गर्न भने चुकेका छन् । यसअर्थमा नेपालको तेस्रो भ्रमणमा पुराना गल्तीहरूलाई मोदीले सच्याउन मात्र खोजेको देखिँदैन, सम्बन्धलाई उच्च प्राथमिकतामा रहेको बताइसकेका छन् । उनको जनकपुर, मुक्तिनाथ लगायत क्षेत्र भ्रमण गर्ने योजनालाई दोस्रोपल्ट प्रधानमन्त्री बनेपछि ओलीले सफल पारिदिए ।

ओलीले पहिलो चोटि प्रधानमन्त्री हुँदा सुरुगरेको विदेशनीतिको ओली डक्ट्रिन अहिले कार्यान्वयन भएको पूर्वपरराष्ट्रमन्त्रीका सल्लाहकार अस्विन पुडासैनी बताउँछन् । भारतसँगमात्र होइन, अब चीनसँग पनि यस्तै किसिमको सम्बन्ध विस्तार हुँदै नेपालको परराष्ट्रनीति नै समृद्ध नेपाल, खुसी नेपालीको सफल अभियान हुने कडीकारूपमा ओली डक्ट्रिन रहेको उनको दाबी छ ।

मोदीको आन्तरिक द्वन्द्वलाई बुझेर दूरगामी रूपमा सांस्कृतिक, धार्मिक, रणनीतिक पाइला ओलीले चालेका हुन् । अब हेर्नुछ, तराईका नेताहरू मोदीको लाइन अँगालेर अगाडि बढ्छन् कि पश्चिमाहरू र अरू देशी विदेशीहरूको आडमा चल्ने हुन् ?

मोदीले मधेसी नेताहरूलाई सिधै भने, प्रधानमन्त्री ओलीलाई सहयोग गर । मोदीले ओली प्रधानमन्त्री नबन्दै परराष्ट्रमन्त्री सुषमा स्वराजलाई भेट्न पठाएर मित्रताको हात अगाडि बढाएका थिए । चीनबाट फर्केपछि ओलीको निमन्त्रणालाई स्वीकार गर्दै नेपाल भ्रमण गर्नुको आफ्नै ग्रामर छ । बिजेपी, चिनियाँ कम्युनिस्ट पार्टी र एमालेबीचको धु्रवीकरण बुझ्न अब कुनै शब्दकोश पल्टाइरहनै पर्दैन !

मोदीको टाउको दुखाइ लामो समयदेखि नेपालसँगको सम्बन्धलाई कसरी कोर्स  करेक्सन गर्ने भन्नेमै थियो । मोदी यसबारे धेरै तह र तप्कासँगको सरसल्लाह र आफ्नो ज्ञान र विवेक प्रयोग गरेपछि के निष्कर्षमा पुगेको देखिन्छ भने सांस्कृतिक, धार्मिक, पुरातात्विक रूपमा जसरी नेपाल र भारत अभिन्न रूपमा जोडिएका छन्, किन यही मार्ग अपनाएर दुई देशबीचको सम्बन्धलाई अगाडि नबढाउने ? दाह्री चल्यो माहिर ओलीले कुरो बुझिहाले । अनि उनले कल्चरल सफ्टपावरमा अब्बल नेपाली मानसिकतालाई भारतसँगको बिग्रिएको सम्बन्ध सुधारका लागि उपयोग गर्न किन विलम्ब गर्थे ?

नेपालमा रहेका धार्मिक, सांस्कृतिक केन्द्र, ज्ञान, ऋषिमुनिहरू, तिनका योगदान, हिमालय, नदी, वनजंगल, मठ, मन्दिर र गुम्बाहरू मात्र होइन, भारतका ३०० भन्दा बढी मन्दिरहरूमा रहेका नेपाली पूजारीहरूलाई पनि धार्मिक, सांस्कृतिक सम्बन्ध सुधारमा ओलीले सन्देश प्रवाह गरे । त्यसबाहेक शिव र बुद्धधर्मका लागि त नेपाल संसारकै हिन्दूहरूका लागि प्रथम स्थान हो । पशुपतिनाथको मन्दिर यहीँ छ । बुद्धको जन्मस्थल लुम्बिनी, बौद्धनाथ, स्वयम्भूनाथ संसारमै एउटै मात्र छन् र ती सबै नेपालमै छन्।

 







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...