coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालको भविष्यको संकेत दर्ता गर्दैछाैं : प्रधानमन्त्री अाेली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भविष्यको संकेत दर्ता गर्न लागेको बताएका छन् । २५औं मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कता जान्छ भन्ने घोषणा गर्दैछौं, जुन चानचुने कुरा होइन । कतिपय मान्छेले यसलाई बुझेका पनि छैनन्।’ 

उनले एमाले–माओवादी एकताबारे पत्रपत्रिकामा आएका समाचारको खण्डन गर्दै आफूहरुको सम्बन्ध चिसो हो कि तातो हो आएर हेर्न आग्रह गरेका थिए । ‘हाम्रो सम्बन्ध चिसो हो कि तातो हो, हामी कता फर्किर बसेका छौं, कसैलाई शंका छ भने आएर हेरे हुन्छ,’ उनले भने । 

ओलीले पार्टी एकतामा विलम्ब गर्ने आवश्यकता नभएको भन्दै प्रक्रिया पुर्याएर आजै दर्ता हुने बताए । उनले यो पार्टीसँग बहुसंख्यक बहुमत र बहुसंख्यक जनता साथमा रहेको बताए । 

उनले यो एकता दमनकारीका लागि नभएर विकासका लागि भएको बताए । समृद्ध नेपाल र सुखी नेपालीको आंकाक्षा पूरा गर्ने अठोट यो पार्टीले लिएको उनले बताए । 

‘हामी अब फुट्न बिर्सिएँ, अब फुटाउन होइन, जुटाउन मात्र जानेका छौं । बिगार्न होइन, सपार्न मात्र जानेका छौं,’ प्रधानमन्त्री ओलीले भने । 

उनले यो यात्रामा नेपाली कांग्रेस प्रतिस्पर्धी नभएर सहयोगी पार्टी भएको बताए । उनले समृद्ध र सुखी नेपालीको अभियानमा साथ दिन कांग्रेसलाई आग्रह गरेका थिए । 

२०औं शताब्दीमा मदन भण्डारी सबैभन्दा बढी प्रभाव पार्ने व्यक्तिको रुपमा रहेको बताउँदै ओलीले उहाँले लिनुभएको गोरेटो बाटो फराकिलो बन्दै गएको बताए । अगामी दिनमा यसको झनै बढी सामथ्र्य र प्रभाव देखिने ओलीले बताए । 

कार्यक्रममा माअाेवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूकाे पनि उपस्थिति थियाे।

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App