६ वैशाख २०८१ बिहीबार
कला

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

काठमाडौं– यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो। 

संघको कार्यसमिति बैठकले यसवर्ष चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशील रमाइलो टिभीका अध्यक्ष दयाराम पाण्डे र राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ। 

चलचित्र पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई प्रदान गरिने भएको छ। पुरस्कार स्वरूप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ।

त्यसैगरी संघले अघिल्लो वर्षदेखि वितरण गर्न थालेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष फिल्मी खबर डटकममा कार्यरत पत्रकार अञ्जान दाहाल (मनिष) लाई प्रदान गर्ने  निर्णय गरेको छ। प्रोत्साहन पुरस्कारमा दाहाललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ। 

प्रकाशित: २ जेष्ठ २०७५ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App