७ वैशाख २०८१ शुक्रबार
राजनीति

अपराध मुक्त रौतहट बनाउँछु : एसपी केसी

रौतहट– रौतहटका नवनियुक्त प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले रौतहट जिल्ला अपराध मुक्त बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश २ मा रौतहट अति संवेदनशील जिल्लाको सूचीमा पर्छ। 

जिल्ला प्रहरी कार्यालयमा बुधवार आयोजित परिचात्मक कार्यक्रममा बोल्दै एसपी केसीले जिल्लामा रहेका अपराधिक गतिविधिमा सँलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै खुल्ला सीमानाका कारण हुने चोरी तस्करी, अवैध जाँडरक्सी, फेक करेन्सी लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता जनाए।

आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणम’लाई नै मुल नारा मानी त्यसकै भित्र रहेर आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने प्रतिवद्धता जनाए।

अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको सहयोग अनिवार्य रुपमा भएमा रौतहटलाई नमुनाको रुपमा बनाएर देखाउने उनले दावी गरे।

तत्कालिन एसपी रमेश खरेल बीरगन्जमा कार्यरत रहेको बेला आफू सेकेण्ड म्यानको भुमिकामा कार्यरत रहेको स्मरण गर्दै आफूसँग तराईको जिल्ला हाक्ने अनुभव भएकोले जस्तो सुकै चुनौतीसँग सामना गर्ने उद्घोष गरे। जिल्ला प्रहरी कायालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सहि समयमा सबैलाई उपलब्ध गराउने उनको प्रतिबद्धता छ।

प्रकाशित: २ जेष्ठ २०७५ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App