८ वैशाख २०८१ शनिबार
खेल

एभरेष्ट म्याराथनमा २ सय भन्दा बढी धावक सहभागी हुने

काठमाडौं- तेन्जिंग-हिलारी एभरेष्ट म्याराथनको १५ औं संस्करणमा ३० देशका २०० भन्दा बढी धावक सहभागी हुने भएका छन्।  

आयोजक हिमालय एक्सपीडीसन्सका अनुसार सगरमाथा यहि मे २९ तारिखका दिन आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन हुने म्याराथनमा तीन मुख्य प्रतिस्पर्धा हुनेछन्। ओलम्पिक स्तरको ४२.१९५ किलोमिटरको फुल म्याराथन, ६० किलोमिटरको अल्ट्रा म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन रहने छन्। ओलम्पिक स्तरको फुल म्याराथनमा खुल्ला, महिला र बिदेशी विधा हुनेछ।  

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै म्याराथनका इभेन्ट म्यानेजर शिखर पाँडेले प्रतियोगितामा फुल म्याराथन, हाफ म्याराथन र अल्ट्रा म्याराथन गरि पूर्वमा जापान देखि पश्चिममा  पेरुसम्मका ३० देशका झन्डै १५० बिदेशी धावक सहभागी हुने बताए।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ११९ बिदेशी धावक फुल म्याराथनमा, ११ जना हाफ म्याराथनमा र ७ जना अल्ट्रा दौडमा सहभागी हुँदैछन। "तिनै स्पर्धामा ५० भन्दा बढी नेपालि धावकहरुको सहभागिता रहने हाम्रो अनुमान छ," पाँडेले  बताए|

प्रकाशित: २ जेष्ठ २०७५ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App