coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

लाङटाङको प्रचारका लागि 'साहित्यिक पदयात्रा'

रसुवा– पर्यटकीय क्षेत्र लाङटाङको प्रचारप्रसारका लागि ‘लाङटाङ साहित्यिक पदयात्रा’ सञ्चालन गरिएको छ। पर्यटकीय क्षेत्र लाङटाङको प्रचार प्रसार गर्नुका साथै तीन वर्षअघि गएको भूकम्पका कारण गएको हिमपहिरोमा पुरिएर मृत्यु भएका व्यक्तिको सम्झना गर्न पदयात्रा सञ्चालन गरिएको हो।

रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २७ गते स्याफ्रुवेशीबाट सुरु भएको यात्रा लाङटाङ, क्यान्जिन हुँदै जेठ १ गते स्याफ्रुवेशीमा आएर समापन गरिएको संयोजक तथा साहित्यकार फुर्पा तामाङले बताए।

ललितकलाका चित्रकारद्वय शशिकुमार डंगोल र भीमसेन पाण्डेले ठाउँठाउँमा ढुंगा र भीत्ताहरुमा चित्र कोरेका छन्। साथै होटलहरुको साइनबोर्ड निशूल्क बनाइएको छ।

यात्रामा रसुवा, नुवाकोट, धादिङ, ओखलढुङ्गा र काठमाडौंका पत्रकार, साहित्यकार र कलाकार सहभागि भएका थिए। साहित्य यात्रामा ११ जनाको सहभागिता रहेको थियो। २०७२ बैसाख १२ गते गएको भूकम्पमा परेर लाङटाङमा तीन सय भन्दा बढीले ज्यान गुमाएका थिए।

हिमपहिरोले पर्यटकीय क्षेत्र बगरमा परिणत गरेको थियो। पहिरोमा परेर लाङटाङका एक सय ७५ जनाको ज्यान गएको थियो। हिमपहिरोका कारण लाङटाङ घुम्न आएका नेपाली तथा विदेशी पर्यटक, गाइड, भरियाहरु र नेपाली सेनाले ज्यान गुमाएका थिए।

भूकम्प गएपछि लाङटाङबासी काठमाडौंको पहेँलो गुम्बामा पुगेका थिए । त्यहाँ केही महिना बसेर गाउँ फर्किएका पीडितले लाङटाङलाई पहिले कै अवस्थामा ल्याएका छन्।

भूकम्पले क्षति गरेको लाङटाङ पदमार्गको मर्मत तथा सुधार, होटल तथा घरहरुको पुनर्निर्माण हुनुका साथै लाङटाङ सुरक्षित भएको सन्देश फैलिएपछि पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटक बढ्दै गएको लाङटाङका सुप्पा लामाले बताए। पर्यटकीय क्षेत्र लाङटाङमा एक सय १६ घरधुरी बसोबास गर्छन।

प्रकाशित: २ जेष्ठ २०७५ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App