७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

भीमदत्तनगर – प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताएका छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन पहल गर्नुपर्दछ।’

पूर्ववाणिज्य तथा आपू्र्तिमन्त्रीसमेत रहेका नेता भट्टले अन्तर्राष्ट्रिय मागअनुसार वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिँदै आफू मन्त्री भएका बेलामा नै दोधारा चाँदनीमा सुख्खाबन्दरगाह निर्माणको थालनी गरेको बताए।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सुदूरपश्चिममा केन्द्रले विभिन्न सीपमूलक कार्यक्रम तथा प्रशिक्षण चलाइरहेको बताए।

‘व्यापार घाटा आठ अर्ब नाघिसक्यो,’ उनले भने, ‘व्यापार घाटालाई कम गर्न निकासीकर्तालाईसमेत दक्ष बनाउन आवश्यक छ।’

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले प्रदेश नम्बर ७ मा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यालय स्थापना गर्नुपर्ने माग गरे।

तालीममा निर्यात व्यापारमा संलग्न प्रदेश नं. ७ का २० जना व्यावसायी सहभागी छन्। रासस

प्रकाशित: २ जेष्ठ २०७५ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App