७ वैशाख २०८१ शुक्रबार
खेल

सुनसरीसँग पुलिस स्तब्ध, पहिलो सेमिफाइनलमा थ्री स्टार र झापा भिड्दै

उदयपुर – कडा प्रतिस्पर्धाबीच नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी ११ उदयपुरमा जारी ‘पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिता ०७५’ को सेमिफाईनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न पहिलो चरणको अन्तिम क्वाटरफाईलमा टाईब्रेकरमा ३–२ को गोल अन्तरले पुलिसलाई हराउँदै सुनसरी ११ सेमिफाईनलको दावेदार बनेको हो।

टाईब्रेकरमा सुनसरीका अनिल धिमाल, बुद्धिमान राई र निशान लिम्बुले गरेको प्रहारले गोल चुम्न सफल भयो भने रोमन लिम्बु र रमेश राजवंशीको प्रहार चुक्यो। प्रतिस्पर्धी पुलिसका अभिषेक रिजाल र रेजिन सुब्बाको प्रहार मात्र गोलमा परिणत हुन पुगेको थियो भने सुमन लामा, विक्रम धिमाल र दिनेश राजवंशीको प्रयास निरर्थक सावित भयो।

निर्धारित ९० मिनटको समयमा दुवैपक्षबाट ३–३ गोल बराबर भएपछि १५ मिनटको अतिरिक्त समय थपिएको थियो। तर, अतिरिक्त समय गोलरहित सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो। प्रतियोगिताको म्यान अफ द म्याच सुनसरीकै विनय श्रेष्ठ घोषित भए । 

प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन। आजको पहिलो सेमिफाइनल खेलमा रुस्लान थ्री स्टार क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुँदैछ। मोरङलाई पराजित गर्दै थ्री स्टार र रुपन्देही ११ लाई हराउदै झापा सेमिफाइनलमा प्रवेश गरेका हुन्। 

सदरमुकामस्थित थरुहट–उदयपुर रंगशालामा सञ्चालित प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगिताबाट घरेलु टिम उदयपुर ११, मोरङ ११, रुपन्देही ११ र नेपाल पुलिस क्लव बाहिरिसकेका छन्। प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ५ लाख र ट्रफि तथा ३ लाख नगद प्राप्त गर्नेछन्। 

प्रकाशित: २ जेष्ठ २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App