युवा भविष्यका वर्तमानका कर्णधार

बुधबार, ०२ जेठ २०७५, १० : २८ डा. प्रकाश बन्जाडे

नेपालको जनगणना २०६८ अनुसार १५–२४ वर्षउमेर समूहका युवाको संख्या झन्डै २० प्रतिशत छ, जुन युवा २० वर्षसम्म युवा रहन्छ। यो समूहलाई ‘युथ बल्ज’ भनिन्छ। यो उमेर समूहलाई राज्यले उचित व्यवस्थापन गर्न नसके देश पछि पर्ने उदहारण धेरै पाइन्छ। अहिले नेपालको अवस्था युथ बल्जमा रहेको छ। त्यसैगरी १६ देखि ४० वर्ष उमेर समूहको जनसंख्या ४०.३५५ रहेको छ।

नेपालमा दुई सरकारी निकायले युवा उमेरको बारेमा फरक धारणा राखेको देखिन्छ। केन्द्रीय तथ्यांक विभागले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेको छ। तर, राष्ट्रिय युवा नीति २०६६ ले १६ देखि ४० वर्ष उमेर समूह लाई युवा भनी परिभाषित गरेको छ। युथ भिजन २०२५ ले १६ देखि २४ वर्ष र २५ देखि ४० वर्ष उमेर समूहमा विभाजन गरीसमूहगत प्राथमिकता निर्धारण गरेको छ।

विभिन्न देशमा युवाको परिभाषा र उमेर फरक फरक पाइन्छ त्यस्तै संयुक्त राष्ट्रसंघले १६ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेको छ। विकसित देशलाई आधार मान्ने हो भने युवालाई पहिला नेतृत्व विकास सांस्कृतिक र मनोरञ्जनसँग जोडेको पाइन्छ। किनभने उनीहरूको आधारभूत आवश्कताभन्दा माथि छन् र युवाले पाउनुपर्ने सम्पूर्ण सहुलियत राज्यले पूरागरिसकेको छ । नेपालमा पनि आधारभूत आवश्यकतासँगै युवालाई नेतृत्वमा पु-याउने पहिलो प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता देखिन्छ।

सरकारले २०६५ सालमा छुट्टै युवा तथा खेलकुद मन्त्रालय र २०६६ सालमा  ‘राष्ट्रिय युवा नीति’ जारी गरेको थियो। २०७२ मा पुनः राष्ट्रिय युवा परिषद्को गठन भयो। तरपनि युवालाई नेतृत्व विकासमा भने खासै परिवर्तन देखिएको छैन । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट राष्ट्रिय युवा नीति अनुसार हेर्दा ४० वर्षमुनिका जम्मा १३ जना सांसद निर्वाचित भएका छन्। यो कुल सदस्य संख्याको ७.९५ प्रतिशत हो । यो अतिनै कम युवा संसद् प्रतिनिधित्व हो। यसले के देखाउँछ भने कुनैपनि प्रमुख राजनीतिक दलका सचेतक युवा उमेरका छैनन्। संसद्मा देखिने युवा प्रतिनिधिलाई हेर्दा पुरानो पुस्ताको राजनीतिक स्वार्थका लागि संसद् पुगेका छन् । त्यहाँ उनीहरूको खासै निर्णायक भूमिका हुनेछैन । योभन्दा पहिला सांसद भएका युवाले सक्रिय ढङ्गले संसद्मा आफ्नो उमेर समूहको आवाज उठाउने भन्दा पार्टी नेतृत्वको हो मा हो मिलाउने जस्तो भएको देखिन्छ।

नेपालको राष्ट्रिय युवा नीतिले युवालाई नेपालको शान्ति प्रक्रिया राज्य पुनःसंरचना तथा राष्ट्रिय निर्माणका कार्यमा युवाको अर्थपूर्ण सहभागिता गराई यसको कार्यान्वयनमा युवाको अग्रणी भूमिकालाई जोड दिएपनि नीतिनिर्माण तहसम्म युवालाई कसरी सहभागी गराउने भन्नेबारे उल्लेख छैन । दलका नेतृत्वले  नेपालका युवालाई विश्वासगर्न सकेको देखिँदैन। हरेक राजनीतिक परिवर्तनको आन्दोलनमा युवा अगाडि रहन्छन्। तर, प्रतिनिधित्वको सवालमासधैँ अल्पमतमा हुन्छन्। प्रजातान्त्रिक व्यवस्थाको नयाँ अभ्यासमा युवाहरूको राजनीतिक प्रवेश जरुरी छ । सक्षम युवा किन राजनीतिक रंगमञ्चमा देखिँदैनन्? जनप्रतिनिधिको सूचीमा नेपाली युवाको उपस्थिति कम हुँदै गइरहेको कुरा गम्भीर चुनौतीका रूपमा देखिएको छ।

संसारभरका युवाको अवस्था हेर्दा राजनीतिमा उपस्थिति निकै कम छ। अन्तर्राष्ट्रिय संस्था इन्टर पार्लिमेन्टरी युनियनको पछिल्लो ‘नट टू योङ टू रन’को प्रतिवेदन अनुसार ६०५ जनसंख्यामा मतदान गर्न योग्य २२ देखि ४४ वर्ष उमेर समूहको  देखाएको छ। पछिल्लो तथ्यांक २०१६ अनुसार संसारभर ३० वर्षभन्दा कम उमेरका युवा सांसद १.९५ प्रतिशत मात्र छन्। ४० वर्षभन्दा कम उमेरकाको प्रतिनिधित्व पनि १४.२५ प्रतिशत मात्र छ । यो प्रतिनिधित्व अति न्यून हो।

संसारभर युवा सांसदको इतिहास हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद चुनिँदा १९ वर्षकी थिइन्। उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनेकी थिइन्।

त्यस्तै  ब्रिटिस स्क्टमूलकी म्हाहीरी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन्। लेबर पार्टीका नेता तथा पूर्वपरराष्ट्र सचिव अलेकजेन्डर डग्लसलाई हराउँदै सांसद चुनिँदा म्हाहीरीले विश्वविद्यालयमा पढ्दै थिइन्। अझ म्हाहीरीले संसद्मा दिएको पहिलो मन्तव्यसामाजिक सञ्जालमा भाइरलभएको थियो। उनले तत्कालीन व्यवस्थाप्रतिको आक्रोशपूर्ण मन्तव्य सुनेर त्यहाँका ब्रिटिस संसद्मा रहेका विपक्षी सांसदले समेत ताली बजाएर प्रशंसा गरेका थिए।

त्यस्तै भारतका सबैभन्दा कान्छा सांसद दुश्यन्त चौटाला हुन्। चुनावजित्नेबेला २६ वर्षका थिए। न्यूजिल्यान्डको लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन २०१७ जुन महिनामा ३७ वर्षको उमेरमा पार्टी प्रमुख हुँदै २०१७ अगस्टमा न्यूजिल्यान्डको तेस्रो महिला तथा न्यूजिल्यान्डको १५० वर्षको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन्। चुनावको बेलाअविवाहित नेता आड्रनलाई पत्रकारले सोधे,‘तपाईं कहिले बिहे गर्नुहुन्छ?’ उनको जवाफ थियो, ‘२०१७मा आएर कुनै महिलालाई यस्तो प्रश्न सोधिन्छ भने उसले जवाफ दिनुपर्छ भन्ने छैन। बिहे कहिले गर्ने, छोराछोरी कहिले जन्माउने भन्ने महिलाको व्यक्तिगत निर्णय हो । यसले महिलाको काम र पहिचानलाई प्रभावित पर्नु हुँदैन। कुनै पनि महिलालाई काममा राख्ने नराख्ने भन्ने उसको उमेर,विवाह र बच्चा जन्माउनेमा निर्भर हुनुहुँदैन ।’उनकोसीधा जवाफले अन्तर्राष्ट्रिय चर्चा पायो । साथै राजनीतिक मैदान फराकिलो पार्दै ३७वर्षमै प्रधानमन्त्री हुन सफल भइन्। उनी हाल न्यूजिल्यान्डको प्रधानमन्त्री छिन्।

त्यस्तै प्रत्यक्ष कार्यकारी व्यवस्था रहेको फ्रान्समा ३९ वर्षका युवानेता इम्यानुएल माक्रोन पहिलो पटक चुनावी मैदानबाट जित हात पार्दै फ्रान्सका राष्ट्रपति छन् । क्यानडामा ४४ वर्षका जस्टिन टुडो प्रधानमन्त्री छन् ।उनले देशलाई अन्तर्राष्ट्रि«य चर्चामा राख्दै राजनीतिले संसारलाई जोड्न चाहन्छन्। बेल्जियममा पनि ४२ वर्षका चार्लेस मिचेल प्रधानमन्त्री भई देश हाँकिरहेका छन्।

संसारकै सबैभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका छन्। जेबास्टियन कर्ज पिपुल्स पार्टीको तर्फबाट चुनावी मैदानबाट जितेका थिए।

नेपाली राजनीतिमा हेर्दा युवा नेतृत्वमा पुग्न सकेको देखिँदैन । हाम्रो निर्वाचन कानुन अनुसार कुनै पनि नागरिकले उम्मेदवार बन्नकम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।१८ वर्ष पुगेकाले नागरिकता पाएर मतदान गर्न पाउँछ तर,उम्मेदवार हुन सक्दैन। २०६८ सालको जनगणना अनुसार ६५ वर्षभन्दा माथिको जनसंख्या ५ प्रतिशतको हाराहारीमा छ ।नेपालमा ६५ वर्ष उमेर कटेकालेशासन गरिरहेका छन्।
 
विश्व युवा विकास सूचकांकमा नेपाल ७७औँ स्थानमा छ। युवाले चाहेको नेता राष्ट्रप्रमुख भनेको दूरदर्शी, नतिजामुखी, सक्षम, सक्रिय युवा नेतृत्व चाहिएको छ। नेतृत्वसँग पूर्ण तयारी,स्पष्ट नीति,असल नियत, दबाब नसहने, निःस्वार्थी, चतुर नैतिकता, बौद्धिकता भएको हुनुपर्छ । विश्व राजनीतिमा रकस्टार युवानेता जस्टिन, चार्ली, इमानुअल, यासिन्डा र कर्ज जस्ता युवानेताको खाँचो छ।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad