coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं – शुक्रबारबाट तीन दिनसम्म सञ्चालन हुने दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक युनाइटेड तेक्वान्दो डोजाङले जनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक कमिटीले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगिताका संयोजक कुमार लामा घिसिङले जानकारी दिए।

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, द.कोरिया, मलेसिया, इन्डोनेसिया, मकाउ, चीन, अस्ट्रेलिया, सिंगापुर र अफगानिस्तान गरी कुल १३ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

जसअन्तर्गत महिलामा २ सय ५० र पुरुष ३ सय ८३ सिनियर, जुनियर र क्याडेट गरी ग्यरोगीतर्फ ४६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुम्सेतर्फ एकल पुम्से, पेयर र टिम पुम्से गरी ३८ इभेन्ट राखिएको छ भने पारातर्फ पुरुष ३ र महिला २ गरी कुल ५ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २ जेष्ठ २०७५ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App