coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बाल मनोविज्ञानको ‘चंगा’

काठमाडौं– बाल मनोविज्ञानमा आधारित रहेर कमेडी फ्लेबरमा निर्माण गरिएको फिल्म ‘चंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्म युनिटले पत्रकार र कलाकारमाझ ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेम, कमेडी, सस्पेन्ससँगै एक बालकलाई बन्धक बनाइएको देखाइएको छ ।

फिल्मका निर्देशक किशोर भण्डारी ‘डिट्ठा साब’ले ट्रेलरमा बालक अपहरण जस्तो देखिए पनि अपहरणसँग फिल्म सम्बन्धित नरहेको बताए । ‘ट्रेलरमा बालक अपहरण गरेर फिरौती मागेको जस्तो झल्को देखाइएको छ,’ उनले भने, ‘तर फिल्म बालक अपहरणसँग सम्बन्धित छैन । फिल्ममा बालक बन्धकको कथा देखाइएको छ । त्यही बालकलाई छुटाउन फिरौती स्वरुप रकम माग गरिएको हुन्छ ।’

फिल्मकी निर्मात्री तथा कलाकार रेश्मा तिमिल्सिना ‘बुनुमैचा’ले लामो समयदेखि फिल्म बनाउने आफ्नो चाहनालाई ‘चंगा’मार्फत पूरा गरेको बताइन् । ‘हाम्रो पहिलो प्रयासलाई दर्शकले अवश्य न्याय दिनुहुनेछ,’ उनले भनिन् ।
अर्का कलाकार कमलमणि नेपालले निर्देशक किशोरको फिल्म निर्माणको चाहना पूरा भएकोमा खुशी व्यक्त गरे । कलाकार लक्ष्मी बर्देवाले आफू फिल्ममा प्रेम गर्ने युवतीको चरित्रमा रहेको खुलाइन् । अर्का कलाकार अंकित खड्काले आफू लक्ष्मीलाई मनपराउने युवाको चरित्रमा देखिने जनाए ।

फिल्ममा रेश्मा तिमिल्सिना, बुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतको अभिनय छ । निर्देशक किशोरकै कथा रहेको फिल्ममा रविन कर्माचार्यको छायांकन, राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । जेठ २५ गते रिलिज हुने फिल्ममा प्रकु पाण्डे कार्यकारी निर्माता छन् ।

प्रकाशित: २ जेष्ठ २०७५ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App