प्याेङयाङ- उत्तर कोरिया र दक्षिण कोरियाबीच अाज बुधबार हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले स्थगित गरेको छ ।उत्तर कोरियाली नेता किम जोग उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता स्थगित गरेका हुन्।
दुई काेरियाबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्तामा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना रहेकाे थियो ।उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ ।
अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेका थिए।
प्रकाशित: २ जेष्ठ २०७५ ०१:१६ बुधबार