७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ वर्ष कैद

रौतहट– राष्ट्रिय वन क्षेत्रबाट काठ ओसार पोसार मुद्दामा माओवादीका प्रदेश सदस्य कुन्दन कुश्वाहालाई एक वर्ष कैद जरिवना गरेको पाइएको छ। अबैधानिक तरिकाले वन पैदावार ओसार पसार गरेको मुद्दामा आरोप ठहर भएका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य  कुश्वाहालाई एक बर्ष कैद सजाय एवम् दण्ड जरिवाना कसुर ठहर भएपछिदण्ड जरिवाना भराएर लगत कट्टा गर्न रौतहट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ। 

बाराको पथलैयाबाट २०६९ असोज २ गते एक ट्रक चिरान काठ प्रहरीले बरामद गरेको थियो। प्रहरी गस्ती टोलीले ट्रकलाई नियन्त्रणमा लिएपछि चालक इन्द्रबहादुर मानन्धरले चामल लोड गरेको बताएका थिए। चालकले चामल बताएपछि प्रहरीलाई शंका लागेर उक्त ट्रकलाई चेकजाँच गर्दा चामलको बोरा मुनी सालका चिरान फान्टा काठहरु फेला परेको थियो। 

चामल लोड गरिएको ट्रकमा चिरान काठ बरामद भएपछि प्रहरीले सुक्षम तरिकाले अनुसन्धान गर्दै जाँदा ट्रक चालक मानन्धरले रौतहट कटहरीयाका न्यू एभरेष्ट सः मिलका संचालक कुन्दनप्रसाद कुश्वाहाको रहेको बताए। प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय बारामा काठसहितको ट्रक र चालकलाई बुझाएको थियो। जिल्ला वन कार्यालय बाराले कुश्वाहा र मानन्धरमाथि जिल्ला अदालत बारामा मुद्दा दायर गरेको थियो । 

जिल्ला अदालत बाराले कुश्वाहालाई निर्दोष सावित गर्दै ट्रकका चालक मानन्धरलाई दोषी ठहर गरेका थिए। तर, जिल्ला अदालत बाराको फैसलालाई चुनौती दिँदै चालक मानन्धरले तत्कालिन पुनरावेदन अदालत हेटौडामा रिट दायर गरेपछि विना इजाजत वन पैदावार ओसारपसार गरेको मुद्दामा चालक एक्लैले गर्न सम्भव नभएको ठहर गर्दै पुनरावेदनले प्रदेश सभा सदस्य कुश्वाहालाई पनि दोषी ठहर गर्दै २०७२ साउन २५ एक वर्ष कैद सजायको फैसला सुनाएको थियो। सजाय सुनाएको ७० दिनभित्र कुश्वाहाले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेर मुद्दा उठाइरहेका छन्। 

हालै सम्पन्न भएको प्रदेश सभा सदस्य पदमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट माओवादीको टिकटबाट निर्वाचित भएका छन्। प्रदेश सभा सदस्य कुश्वाहाले आफू विरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको बताए। चिरान काठसहित पक्राउ परेकै समयमा पूर्वाग्रही ढंगबाट मेरो नाम अनाहकमा मुछियो जबकी उक्त समिलका प्रोपराइटर आफू नभएपनि अभियोग पत्र सुनियोजित रुपमा तयार पारिएको आरोप लगाए।

प्रकाशित: १ जेष्ठ २०७५ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App