coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरमसँग एकताबारे छलफल भएको छैन् : माओवादी केन्द्र

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन्। 

कृषिमन्त्री समेत रहेका खनालले रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा भने, ‘पार्टी एकताबारे अहिले बाहिर आशंका छ, तर हामी सबैखाले आशंका मेटाउँदै एकता हुन्छ।’

मन्त्री खनालले एकताबारे सबै कुराहरु मिलाएर अघि बढ्ने विश्वास दिलाए। उनले भने, ‘जसरी हामीले वाम गठबन्धनपछि प्रतिवद्धता जारी गरेका थियौं, हामीले समृद्धिको योजना सार्वजनिक गरेका थियौं, अबको हाम्रो लक्ष्य भनेको समाजवाद नै हो, हामीहरुबीच सबै कुरा मिल्छ, केही प्राविधिक कुराहरु मिल्न बाँकी छन्, हामी मिलाउँछौं।’

एकता हुने कुरामा शंका नगर्न आग्रह गरे। खनालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग अहिले एकताबारे छलफल नचलेको स्पष्ट पारे। उनले भने, ‘तर पार्टी एकता हुनसक्छ, हाम्रो प्राथमिकता भनेको एमाले र हामीबीचको एकता नै हो।’ उनले एमाले र माओवादी केन्द्रबीच ढिलो चाँडो एकता हुने विश्वास दिलाए। 

प्रकाशित: १ जेष्ठ २०७५ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App